बालेन शाहले नेपाली फेसबुकमा बनाए नयाँ इतिहास

🔴 बालेन शाहले नेपाली फेसबुकमा बनाए नयाँ इतिहास

Image

Image

Image

काठमाडौं । प्रधानमन्त्री तथा झापा–५ बाट सांसदका उम्मेदवार बालेन शाहले नेपाली फेसबुक प्रयोगकर्तामाझ नयाँ कीर्तिमान कायम गरेका छन्। उनले हालसम्म ३४ लाख ९२ हजार १०७ जना फलोअर्स जोड्दै सबै नेपालीमध्ये सर्वाधिक फेसबुक फलोअर्स हुने व्यक्तिको रेकर्ड बनाएका हुन्।

बालेन शाहको फेसबुक पेजमा ९८ प्रतिशत रिकमेन्डेसन देखिएको छ भने साढे ११ हजारभन्दा बढी रिभ्यु प्राप्त भएका छन्। सामाजिक सञ्जालमा प्राप्त यो लोकप्रियता अहिलेसम्म कुनै पनि नेपाली व्यक्तिको नाममा नदेखिएको उल्लेखनीय उपलब्धि मानिएको छ।

राजनीतिक गतिविधि, सामाजिक मुद्दामा स्पष्ट धारणा र युवामाझ प्रभावशाली उपस्थितिका कारण बालेन शाह सामाजिक सञ्जालमा विशेष आकर्षणको केन्द्र बन्दै आएका छन्।


🔴 सिंहदरबार पुनर्निर्माण: यही वर्षदेखि काम सुरु हुने

Image

Image

Image

Image

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगलागीबाट क्षति पुगेको सिंहदरबारको मूल भवनसहित परिसरभित्र रहेका अन्य सरकारी भवनहरूको पुनर्निर्माण कार्य यही वर्षदेखि सुरु हुने भएको छ।

आगलागीबाट ऐतिहासिक तथा प्रशासनिक महत्व बोकेका संरचनामा क्षति पुगेपछि सरकारले विस्तृत प्राविधिक मूल्याङ्कन सम्पन्न गरी पुनर्निर्माणको प्रक्रिया अघि बढाएको हो। सम्बन्धित निकायका अनुसार काम चरणबद्ध रूपमा अघि बढाइनेछ।

पुनर्निर्माणका क्रममा सिंहदरबारको मौलिक वास्तुकला जोगाउँदै आधुनिक सुरक्षा मापदण्ड, आगलागी नियन्त्रण प्रणाली र संरचनागत मजबुतीलाई विशेष प्राथमिकता दिइने जनाइएको छ। सरकारी सेवा प्रवाहमा न्यून असर पर्ने गरी कार्ययोजना तयार गरिएको छ।

सरकारले सिंहदरबार परिसरलाई सुरक्षित, व्यवस्थित र दीर्घकालीन रूपमा प्रयोगयोग्य बनाउने लक्ष्यसहित पुनर्निर्माण कार्यलाई तीव्रता दिने जनाएक

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...