निपाह भाइरसप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरससम्बन्धी सम्भावित जनस्वास्थ्य जोखिमप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ। मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।

केही देशमा निपाह भाइरसका घटना देखिएको सन्दर्भ उल्लेख गर्दै मन्त्रालयले आवश्यक सबै पूर्वतयारीका कदम चालिरहेको जनाएको छ। यसैक्रममा सबैलाई आतङ्कित नहुन, तर सचेत, सजग र जिम्मेवार बन्न अनुरोध गरिएको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी तथा दक्षिण–पूर्वी एसिया क्षेत्रमा निपाह भाइरसको जनस्वास्थ्य जोखिम न्यून रहेको मूल्याङ्कन गरे पनि छिमेकी मुलुकमा देखिएका घटनालाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाइएको मन्त्रालयको भनाइ छ।

मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका स्वास्थ्य संस्था र निकायलाई सचेत गराइसकेको र निपाह भाइरस परीक्षणका लागि आवश्यक तयारी गरिएको जनाएको छ।

निपाह भाइरस सङ्क्रमित चमेराको ¥याल, पिसाब वा मलमूत्रले दूषित फलफूल सेवन गर्दा, सङ्क्रमित व्यक्तिको रगत, थुक, पिसाब वा नजिकको सम्पर्कबाट तथा चमेरोबाट सुँगुर हुँदै मानिसमा सर्न सक्ने मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयले फलफूल राम्ररी पखालेर मात्र खान, तरकारी राम्रोसँग पकाएर खान, सुरक्षित पानी उमालेर पिउन, जनावरका गोठ तथा फार्म सफा राख्न, मासु काट्दा पञ्जा र मास्क प्रयोग गर्न, नियमित रूपमा साबुन पानीले हात धुन र भिडभाडमा मास्क प्रयोग गर्न आग्रह गरेको छ।

ज्वरो, टाउको दुखाइ, मांसपेशी दुख्ने, चक्कर लाग्ने, खोकी, सास फेर्न गाह्रो हुने, वाकवाकी, बान्ता हुने तथा गम्भीर अवस्थामा होस गुम्नेजस्ता लक्षण देखिएमा बिरामीको शीघ्र पहिचान गरी आइसोलेसनमा राखेर रिपोर्टिङ गर्नुपर्ने मन्त्रालयले जनाएको छ।

शङ्कास्पद लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा १११५ मा तुरुन्त सम्पर्क गर्न आग्रह गर्दै मन्त्रालयले हालसम्म नेपालमा निपाह भाइरसका घटना पुष्टि नभएको र जोखिम न्यूनीकरणका लागि स्वास्थ्य निकाय पूर्ण तयारी अवस्थामा रहेको स्पष्ट पारेको छ।

मन्त्रालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थासँग समन्वय गर्दै अवस्था निरन्तर अनुगमन गरिरहेको जनाउँदै अफवाहमा नपर्न र आधिकारिक सूचनामात्र विश्वास गर्न सबैलाई अनुरोध गरेको छ।

छुटाउनुभयो कि ?

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

काठमाडौंको शोभा भगवती मन्दिरमाथिको डाँडामा अवस्थित बिजेश्वरी योगिनी मन्दिर धार्मिक आस्था, तान्त्रिक परम्परा र ऐतिहासिक महत्वका क...
जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

शोभा भगवती मन्दिर उपत्यकाको प्राचीन तथा प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ। वर्षभरि दर्शनार्थीको घुइँचो लाग्ने यस मन्दिरमा विशे...
सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सुर्खेत। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर...
अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

राजावादी आन्दोलनको घोषणा गरेपछि पक्राउ परेका दुर्गा प्रसाईं एक दिनमै रिहा भएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ...
दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

खलङ्गा (दार्चुला) — दार्चुलाको व्यास गाउँपालिका–२, काठादुम्लिङमा श्रमदानमार्फत निर्माण गरिएको ७२ मिटर लामो झोलुङ...
टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

काठमाडौं, टोखा। टोखा नगरपालिका–१० स्थित मनोहर माध्यमिक विद्यालय परिसरमा टोखा बक्सिङ क्लबको औपचारिक तथा भव्य उद्घाटन कार्यक्रम ...
बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

काठमाडौं। सवारी नियम उल्लंघन गर्दै बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट...
सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

काठमाडौं। आफ्ना मागको सम्बोधनका लागि सिंहदरबार घेराउ गर्न माइतीघरबाट अघि बढेका दृष्टिविहीन प्रदर्शनकारीलाई प्रहरीले बीचबाटोमै ...