धर्मगुरु पुष्पराज पुरुषद्वारा राप्रपाको निर्वाचन कार्यालय उद्घाटन, तनहुँ

धर्मगुरु पुष्पराज पुरुषद्वारा राप्रपाको निर्वाचन कार्यालय उद्घाटन, तनहुँ

तनहुँ, माघ १९। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तनहुँ क्षेत्र नम्बर १ र २ मा सञ्चालनमा ल्याएको निर्वाचन परिचालन कार्यालय सोमबार हिन्दू धर्मका गुरु पुष्पराज पुरुषले उद्घाटन गर्नु भएको छ।

गुरु पुष्पराज पुरुष हिन्दू धर्मको संरक्षणका लागि विभिन्न सामाजिक र धार्मिक गतिविधिमा सक्रिय रहेका व्यक्ति हुन्। उद्घाटन समारोहमा स्थानीय नेता, समर्थक र पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उद्घाटन अवसरमा बोल्दै पुष्पराज पुरुषले अहिले सनातन धर्ममाथि चुनौती बढेको भन्दै राप्रपाका उम्मेदवारलाई विजयी बनाउन जरुरी भएको बताए। उनले विदेशी प्रभावले हिन्दू धर्ममाथि आक्रमण सुरु गरेको आरोप लगाउँदै, धर्मको रक्षाका लागि मतदातालाई सचेत हुन आह्वान गरे।

तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार अभिषेक जोशीले देवघाट, वेदव्यास जन्मस्थान र भानुभक्त आचार्यको जन्मभूमि जस्ता धार्मिक एवं सांस्कृतिक महत्वका कारण यस क्षेत्रको गरिमा जोगाउन चुनावी मैदानमा रहेको बताए। उनले मतदाता समक्ष सनातन धर्मको संरक्षणमा सक्रिय भूमिका खेल्न आग्रह गरे।

उद्घाटन समारोहले राप्रपाको निर्वाचन अभियानलाई तनहुँमा थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...