ढोरपाटनमा पहिलोपटक हिउँ चितुवा गणना गरिने

गलकोट (बागलुङ)। नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा पहिलोपटक हिउँ चितुवाको गणना गरिने भएको छ।

आरक्षको उच्च हिमाली क्षेत्रमा हिउँ चितुवा पाइने भए पनि हालसम्म यसको औपचारिक गणना गरिएको थिएन। हिउँ चितुवा गणनाका लागि आवश्यक जनशक्ति तयारी गर्न गणकहरूलाई तालिम दिने प्रक्रिया अघि बढाइएको आरक्षका रेन्जर सागर सुवेदीले जानकारी दिए।

उनका अनुसार गणनामा आरक्षका कर्मचारी, तालिमप्राप्त गणक तथा स्थानीय बासिन्दाको सहभागिता रहनेछ। यसका लागि विभिन्न सिकार ब्लकहरूमा ५६ वटा स्वचालित क्यामेरा जडान गरिनेछ। करिब १० जना गणकले ४५ दिनसम्म क्यामेरा राख्ने, फोटो तथा भिडियो संकलन गर्ने र चितुवाको पदचाप तथा दिसा नमुना संकलन गर्ने योजना रहेको छ।

क्यामेराले कैद गरेका तस्बिर र स्थलगत प्रमाणका आधारमा हिउँ चितुवाको वास्तविक सङ्ख्या निर्धारण गरिनेछ। साथै, आगामी वर्ष यहाँ पाइने नाउर र झारलको समेत गणना गरिने तयारी गरिएको छ।

करिब चार हजारदेखि सात हजार मिटर उचाइसम्म फैलिएको आरक्षको क्षेत्रफल एक हजार ३२५ वर्ग किलोमिटर रहेको छ। यसको मुख्यालय बागलुङमा रहे पनि म्याग्दी र रुकुमसम्म फैलिएको छ। सेङ, सुनदह, दोगाडी, घुस्तुङ, बार्से र फागुनेलगायत ब्लकमा गणना कार्य सञ्चालन गरिनेछ।

हिउँ चितुवाको पहिचानका लागि क्यामेरामा कैद भएका तस्बिरमा देखिने शरीरका धब्बा, पदचाप तथा प्रयोगशालामा परीक्षण गरिने दिसा नमुनाको विश्लेषणलाई आधार बनाइने जनाइएको छ।

यसअघि २०७९ सालमा गरिएको गणनाअनुसार यस आरक्षमा १,२९० नाउर र ७४४ झारल रहेका छन्।

छुटाउनुभयो कि ?

राति १२ बजे विशेष पूजा हुने शक्तिशाली बज्रबाराही मन्दिर, प्रत्येक तीन वर्षमा लाग्छ भव्य जात्रा

राति १२ बजे विशेष पूजा हुने शक्तिशाली बज्रबाराही मन्दिर, प्रत्येक तीन वर्षमा लाग्छ भव्य जात्रा

मकवानपुर। बागमती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको थाहा नगरपालिका टिस्टुङ–पालुङमा अवस्थित बज्रबाराही मन्दिर नेपालका प्राचीन तथा...
मोक्ष प्राप्ति को लागि अब इन्डिया जानु पर्दैन , थाहा मा १०८ शंख को धारा उद्घाटन

मोक्ष प्राप्ति को लागि अब इन्डिया जानु पर्दैन , थाहा मा १०८ शंख को धारा उद्घाटन

मकवानपुर। बागमती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको थाहा नगरपालिका–३, पालुङस्थित निर्माणाधीन मोक्षधाममा स्थापना गरिएको १०८ शंखधा...
पवित्र १००८ शालिग्राम भगवानको दर्शन, किन गरिँदैन प्राणप्रतिष्ठा ?

पवित्र १००८ शालिग्राम भगवानको दर्शन, किन गरिँदैन प्राणप्रतिष्ठा ?

काठमाडौं। हिन्दू धर्ममा १००८ शालिग्राम भगवानलाई भगवान विष्णुको साक्षात् स्वरूपका रूपमा पूजा गरिन्छ। धार्मिक विश्वासअनुसार श्रद...
केदारनाथ जान नसक्ने भक्तजनका लागि डोलेश्वर महादेव

केदारनाथ जान नसक्ने भक्तजनका लागि डोलेश्वर महादेव

भक्तपुर। भारतको उत्तराखण्डस्थित प्रसिद्ध केदारनाथ धाम पुग्न सबै भक्तजनका लागि सम्भव नहुने भएकाले नेपालकै ऐतिहासिक तथा धार्मिक मह...
नयाँ सरकारको १०० दिनमा ८९ हजार मेट्रिकटनभन्दा बढी रासायनिक मल वितरण

नयाँ सरकारको १०० दिनमा ८९ हजार मेट्रिकटनभन्दा बढी रासायनिक मल वितरण

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेको पहिलो १०० दिनमा ८९ हजार १९४ दशमलव ५५ मेट्रिकटन अनुदानित रासाय...
केप भर्डेमाथि अतिरिक्त समयमा संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना अन्तिम १६ मा

केप भर्डेमाथि अतिरिक्त समयमा संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना अन्तिम १६ मा

काठमाडौं। फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत अर्जेन्टिनाले केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै अन्तिम १६ मा ...
बैतडीमा यात्रुवाहक बस दुर्घटना, सडकबाट करिब ६० मिटर तल खस्यो

बैतडीमा यात्रुवाहक बस दुर्घटना, सडकबाट करिब ६० मिटर तल खस्यो

बैतडी। बैतडीमा यात्रुवाहक बस दुर्घटनामा परेको छ। दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ गैराखान क्षेत्रमा धनगढीबाट बैतडी ...
सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालन, कर्मचारीले कार्यस्थलमै स्वास्थ्य सेवा पाउने

सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालन, कर्मचारीले कार्यस्थलमै स्वास्थ्य सेवा पाउने

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबारमा आजदेखि निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ। ...