आज नयाँ वर्ष २०८३ मा सपनातीर्थमा भक्तजनको देखियो घुइँचो
काठमाडौँ — नयाँ वर्ष २०८३ सालको पावन अवसरमा टोखा नगरपालिका–२ मा अवस्थित सपना तीर्थ क्षेत्रमा आज बिहानदेखि नै भक्तजनहरूको उल्लेखनीय भीडभाड देखिएको छ। नयाँ वर्षको सुरुवात शुभ बनाउने उद्देश्यले देशका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनहरू तीर्थस्थलमा दर्शन तथा पूजाआजा गर्न ठूलो संख्यामा उपस्थित भएका हुन्।
बिहानैदेखि सुरु भएको भक्तजनहरूको आगमन दिउँसोसम्म अझै बढ्दै गएको देखिएको थियो। मेला स्थलमा विशेष पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक कार्यक्रमहरू पनि सञ्चालन गरिएको थियो। तीर्थ क्षेत्रमा लामो लाइनमा बसेर भक्तजनहरूले पालैपालो दर्शन गरेका थिए।
संखुवासभा, धादिङ, नुवाकोट लगायतका जिल्लाबाट आएका भक्तजनहरूले सपना तीर्थमा दर्शन गर्दा मनोकामना पूरा हुने विश्वास व्यक्त गरेका छन्। नयाँ वर्षको पहिलो दिन धार्मिक स्थलमा पुगेर पूजाआजा गर्दा वर्षभरि सुख, शान्ति र समृद्धि प्राप्त हुने ज...











