ऊर्जा मन्त्री श्रेष्ठद्वारा चैत महिनाको कार्यसम्पादन सार्वजनिक

काठमाडौं। विराजभक्त श्रेष्ठले पदभार सम्हालेको दुई साताभित्र (चैत महिनामा) सम्पन्न प्रमुख कामहरूको विवरण सार्वजनिक गरेका छन्।

उनका अनुसार शासकीय सुधार कार्यसूची कार्यान्वयनका लागि मातहत निकाय परिचालन गरिएको छ भने सुशासन ऐनअनुसार सुशासन इकाइ गठन गरिएको छ। साथै, ‘डेलिभरीमा आधारित शासन प्रणाली’मार्फत कर्मचारी कार्यसम्पादन अनुगमन र स्रोतको सदुपयोगमा निगरानी बढाइएको छ।

विद्युत् हटलाइन ११५१ लाई प्रभावकारी बनाइएको र दुई सातामा प्राप्त ४,२६९ गुनासो शतप्रतिशत समाधान गरिएको मन्त्री श्रेष्ठले जानकारी दिएका छन्।

यस अवधिमा ऊर्जा निर्यात तथा खपत रणनीति तयारी समिति, अलपत्र आयोजना पुनरावलोकन समिति र ‘पेन्डिङ पीपीए’ टुंग्याउने समितिसमेत गठन गरिएको छ। ऊर्जा सम्बन्धी विभिन्न विधेयक आगामी संसद अधिवेशनमा पेश गर्ने तयारी रहेको जनाइएको छ।

मन्त्रालयका अनुसार शहीद परिवारलाई रोजगारी उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ भने विश्व बैंकलगायत दातृ निकायसँग ठूला ऊर्जा आयोजनाबारे संवाद जारी छ।

साथै, प्रसारण लाइन विस्तार, ठूला जलविद्युत् आयोजना, तथा पूर्वाधार विकासका विभिन्न कामलाई तीव्रता दिइएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...