गण्डकीमा मन्त्रिमण्डल फेरबदल आजै, नयाँ मन्त्रीको शपथ हुँदै

काठमाडौं । गण्डकी प्रदेश सरकारमा आज (वैशाख २) मन्त्रिमण्डल पुनर्गठन गरिने भएको छ। यसअन्तर्गत नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम पनि आजै तय गरिएको छ।

मुख्यमन्त्रीका प्रेस संयोजक नरहरी सापकोटाका अनुसार, नयाँ मन्त्रीहरूलाई मध्याह्न १२ बजे पोखरास्थित पर्यटन बोर्ड प्रादेशिक कार्यालयमा शपथ गराइनेछ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबाहेक वर्तमान मन्त्रिपरिषद्का सबै सदस्यहरू परिवर्तन गरिने जनाइएको छ।

हाल गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट अर्थमन्त्री टकराज गुरुङ, वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल र सामाजिक विकास मन्त्री विन्दुकुमार थापा रहेका छन्। त्यस्तै नेकपा एमालेबाट भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर केसी, कृषि तथा भूमि व्यवस्था मन्त्री पद्या जिसी श्रेष्ठ, स्वास्थ्य मन्त्री कृष्ण पाठक र पर्यटन मन्त्री मित्रलाल बस्याल कार्यरत छन्।

नयाँ मन्त्रिपरिषद्मा कस–कसलाई समावेश गरिने भन्ने विषय भने अझै औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...