कालीगण्डकी करिडोरको कोवाङ–जोमसोम सडकको ठेक्का सम्झौता रद्द

 

 

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत पर्ने बेनी–जोमसोम–कोरला सडक योजनाको कोवाङ–जोमसोम खण्ड निर्माण अलपत्र पारेपछि ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता अन्त्य गरिएको छ ।

मुस्ताङको थासाङ गाउँपालिकास्थित कोवाङ खन्तिदेखि टुकुचे, मार्फा हुँदै जिल्ला सदरमुकाम जोमसोम बजारसम्म फैलिएको १७ किलोमिटर सडक नौ वर्षसम्म पनि सम्पन्न नभएपछि बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले सार्वजनिक सूचना जारी गर्दै ठेक्का तोडिएको जनाएको हो ।

योजना प्रमुख तेजस्वी शर्माका अनुसार दुई वर्षभित्र सक्नुपर्ने काम सात पटकसम्म म्याद थप्दा पनि पूरा नभएपछि पप्पु–गौरी पार्वती कोशी एन्ड न्यौपाने निर्माण कम्पनीसँगको सम्झौता रद्द गरिएको हो ।

“सातौँ पटक थपिएको म्याद २०८२ असोज २५ गतेसम्म निर्माण सम्पन्न हुनुपर्ने थियो । तर म्याद सकिएको २०० दिन बितिसक्दा पनि कम्पनीले जिम्मेवारी पूरा नगरेकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९(७) अनुसार ठेक्का अन्त्य गरिएको हो,” उनले बताए ।

वि.सं. २०७४ जेठ ९ गते रु ७० करोड लागतमा ठेक्का सम्झौता गरिएको उक्त योजनाअन्तर्गत सडक चक्ल्याउने, पर्खाल र नाली निर्माण गर्ने तथा ११ मिटर चौडाइमा कालोपत्र र ढलान गर्ने काम समावेश थियो । पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरला नाकासम्म जोड्ने २०२ किलोमिटर सडक स्तरोन्नति योजनामध्ये कोवाङ–जोमसोम खण्ड मात्र अझै अधुरो रहेको छ ।

आयोजनाका अनुसार निर्माण कम्पनीलाई ठेक्का सम्झौता लागतको ०.०५ प्रतिशत जरिवाना समेत तोकिएको छ । हाल टुकुचे क्षेत्रमा ४०० मिटर कालोपत्र र ३०० मिटर आरसिसी ढलान बाँकी रहेको छ । साथै मार्फा राजखोलामाथि करिब एक हजार २०० मिटर कालोपत्र तथा जोमसोमस्थित पुथाङ विमानस्थलमाथिबाट नेपाली सेनाको ब्यारेकसम्म करिब ५०० मिटर क्षेत्रमा संरचना निर्माण र कालोपत्र गर्न बाँकी छ ।

सडक कालोपत्र नहुँदा पर्यटक, स्थानीयवासी, सवारी चालक तथा पैदलयात्रीले वर्षौंदेखि सास्ती भोग्दै आएका छन् ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...