दोस्रो चरणको पेट्रोलिमय पाइपलाइन परियोजना निर्माण शुरू

चितवन । बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलिमय पाइपलाइन विस्तार गर्ने कार्य अघि बढेको छ ।

नेपाल आयल निगमले लोथरमा परियोजनाको फिल्ड कार्यालय स्थापना गरेर दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तारको काम शुरुआत गरेको हो ।

राप्ती नगरपालिका–१ लोथरको झन्डै २३ बिघा १२ कठ्ठा जग्गामा अत्याधुनिक सुविधासहितको ग्रीन फिल्ड टर्मिनल निर्माण गरिने निगमले जनाएको छ ।

आईओसीको मोतिहारी डिपोमा रहेको पम्प हाउसबाटै लोथरसम्म पाइपलाइनका लािग पेट्रोलियम पदार्थ पम्पिङ गर्ने व्यवस्था गरिने निगमले जनाएको छ ।

अमलेखगञ्जबाट लोथरसम्मको दूरी ६२ किलोमिटरमा १० दशमलव ७५ इन्चको पाइपलाइन बिच्छयाइने निगमले जनाएको छ ।

परियोजना प्रमुख प्रदीपकुमार यादवले पेट्रोलियम पाइपलाइन विस्तार परियोजनाको कार्यान्वयन शुरू भएको बताउनुभयो ।

सम्पूर्ण कागजी प्रक्रिया पूरा भएको र आजदेखि नै सडक निर्माण गर्ने, आइओसीसँग समन्वय गर्ने काम शुरू हुने उहाँले जानकारी दिनुभयो ।

यो परियोजना तीन वर्षभित्र निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी छ । यादवले पाइपलाइन परियोजनाबाट पेट्रोलिमय पदार्थ ढुवानी गर्दा वातावरणीय प्रभाव न्यून हुने, पेट्रोलिमय पदार्थको चोरी तथा मिसावट कम हुने बताउनुभयो ।

निगमका उपनिर्देशक रामहरि निरौलाले निर्धारित समयमै परियोजना सम्पन्न हुने उल्लेख गर्दै टयाङ्करबाट इन्धन ढुवानी गर्ने समय विस्तारै हट्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

राप्ती नगरपालिका–१ का वडाध्यक्ष सिद्धलाल स्याङ्तानले चितवनकै गौरवको परियोजना कार्यान्वयनमा आउँदा स्थानीयवासी खुशी भएको बताउनुभयो ।

पाइपलाइनबाट दुई सय ७३ किलोलिटर प्रतिघण्टाको गतिमा तेल आपूर्ति गर्न सकिने निगमका सहायक प्रबन्धक अनुपम पराजुलीले जानकारी दिनुभयो ।

पूर्वपश्चिम राजमार्गको समानान्तर पाइपलाइन निर्माण गरिनेछ । ६२ किलोमिटर लामो पाइपलाइनमा जुनसुकै बेला नियमित रूपले ३२ सय किलोलिटर इन्धन भण्डारण भइरहेको हुनेछ ।

पाइपलाइनबाट वार्षिक २० मिलियन टन इन्धन ढुवानी गर्न सकिने सहायक प्रबन्धक पराजुलीले जानकारी दिनुभयो । लोथरमा एक सय ६० वर्गमिटरको क्षेत्रफलमा पाइपलाइन स्टेशन निर्माण हुनेछ । त्यसस्थानमा पेट्रोल भण्डारणका लागि ११ हजार किलोलिटर क्षमताका तीन वटा भर्टिकल ट्याङ्की निर्माण हुनेछ ।

यस्तै डिजेल भण्डारणका लागि १५ हजार ५०० किलोलिटर क्षमताका तीन वटा र मट्टीतेल भण्डारणका लागि आठ सय किलोलिटर क्षमताका दुई वटा टयाङ्की निर्माण गरिनेछ ।

यसै हवाई इन्धनका लागि तीन हजार छ सय किलोलिटर क्षमताका तीन वटा टयाङ्क निर्माण गरिने निगमले जनाएको छ ।

लोथरमा बन्ने नयाँ डिपोमा ९१ हजार ९०० किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण हुनेछ । यसबाहेक दुई वटा ट्रान्समिक्स टयाङ्क निर्माण गरिनेछ । पाइपलाइनसहित भण्डारण गृह निर्माण लागत १४ अर्ब नौ करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान छ ।

छुटाउनुभयो कि ?

राति १२ बजे विशेष पूजा हुने शक्तिशाली बज्रबाराही मन्दिर, प्रत्येक तीन वर्षमा लाग्छ भव्य जात्रा

राति १२ बजे विशेष पूजा हुने शक्तिशाली बज्रबाराही मन्दिर, प्रत्येक तीन वर्षमा लाग्छ भव्य जात्रा

मकवानपुर। बागमती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको थाहा नगरपालिका टिस्टुङ–पालुङमा अवस्थित बज्रबाराही मन्दिर नेपालका प्राचीन तथा...
मोक्ष प्राप्ति को लागि अब इन्डिया जानु पर्दैन , थाहा मा १०८ शंख को धारा उद्घाटन

मोक्ष प्राप्ति को लागि अब इन्डिया जानु पर्दैन , थाहा मा १०८ शंख को धारा उद्घाटन

मकवानपुर। बागमती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको थाहा नगरपालिका–३, पालुङस्थित निर्माणाधीन मोक्षधाममा स्थापना गरिएको १०८ शंखधा...
पवित्र १००८ शालिग्राम भगवानको दर्शन, किन गरिँदैन प्राणप्रतिष्ठा ?

पवित्र १००८ शालिग्राम भगवानको दर्शन, किन गरिँदैन प्राणप्रतिष्ठा ?

काठमाडौं। हिन्दू धर्ममा १००८ शालिग्राम भगवानलाई भगवान विष्णुको साक्षात् स्वरूपका रूपमा पूजा गरिन्छ। धार्मिक विश्वासअनुसार श्रद...
केदारनाथ जान नसक्ने भक्तजनका लागि डोलेश्वर महादेव

केदारनाथ जान नसक्ने भक्तजनका लागि डोलेश्वर महादेव

भक्तपुर। भारतको उत्तराखण्डस्थित प्रसिद्ध केदारनाथ धाम पुग्न सबै भक्तजनका लागि सम्भव नहुने भएकाले नेपालकै ऐतिहासिक तथा धार्मिक मह...
नयाँ सरकारको १०० दिनमा ८९ हजार मेट्रिकटनभन्दा बढी रासायनिक मल वितरण

नयाँ सरकारको १०० दिनमा ८९ हजार मेट्रिकटनभन्दा बढी रासायनिक मल वितरण

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेको पहिलो १०० दिनमा ८९ हजार १९४ दशमलव ५५ मेट्रिकटन अनुदानित रासाय...
केप भर्डेमाथि अतिरिक्त समयमा संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना अन्तिम १६ मा

केप भर्डेमाथि अतिरिक्त समयमा संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना अन्तिम १६ मा

काठमाडौं। फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत अर्जेन्टिनाले केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै अन्तिम १६ मा ...
बैतडीमा यात्रुवाहक बस दुर्घटना, सडकबाट करिब ६० मिटर तल खस्यो

बैतडीमा यात्रुवाहक बस दुर्घटना, सडकबाट करिब ६० मिटर तल खस्यो

बैतडी। बैतडीमा यात्रुवाहक बस दुर्घटनामा परेको छ। दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ गैराखान क्षेत्रमा धनगढीबाट बैतडी ...
सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालन, कर्मचारीले कार्यस्थलमै स्वास्थ्य सेवा पाउने

सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालन, कर्मचारीले कार्यस्थलमै स्वास्थ्य सेवा पाउने

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबारमा आजदेखि निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ। ...