नेताको निरन्तर दबाब र आलोचनाले सुमना श्रेष्ठको राजिनामा
समाचार:
राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले अन्ततः पार्टी पदबाट राजिनामा दिएकी छन्। पार्टीभित्र निरन्तर हुने आलोचना र नेताहरूको दबाबकै कारण उनले यस्तो कदम चाल्नुपरेको स्रोतले जनाएको छ।
बैठकहरूमा नेता हरि ढकालले श्रेष्ठप्रति अपमानजनक टिप्पणी गर्दै आलोचना गर्ने क्रम दोहोरिँदै आएको थियो। ढकालले एक बैठकमा श्रेष्ठलाई लक्षित गर्दै ‘बाघको छालामा स्यालको रजाईँ’ जस्तो अभिव्यक्ति दिएका थिए। साथै, उनले “सुमना श्रेष्ठ सांसद बन्नुमा रवि लामिछानेकै भूमिका प्रमुख भएकाले आफ्नो सीमाना नबिर्सनु” भन्ने धारणा पनि सार्वजनिक रूपमा राखेका थिए। यस्ता भनाइ र व्यवहार बारम्बार दोहोरिएपछि श्रेष्ठलाई पार्टीमा बस्न नैतिक रूपमा कठिन भएको बताइन्छ।
स्रोतका अनुसार, यो घटना एकपटक मात्र नभई पाँच–सात पटकसम्म दोहोरिएको थियो। अपमानजनक व्यवहारको निरन्तरता र नेतृलाई बेवास्ता गर्ने प्रवृत्तिले नै ...