धनगढी । धनगढीमा खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् । सोमबार राति धनगढी उपमहानगरपालिका१३ बाट सोही ठाउँ बस्ने २७ वर्षका खेमराज राना १४० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ परेका हुन् ।
उनलाई प्रहरी चौकी कैलाली गाउँबाट खटिएको टोलीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जनाएको छ ।...
कैलाली । देश सङ्घीय संरचनामा गएपछि प्रदेश तहमा गठन भएको सुदूरपश्चिम प्रदेशसभाले काम गरेको आज सात वर्ष पूरा भएको छ ।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले दोस्रो प्रदेशसभाको कार्यकाल आज दुई वर्ष पूरा भएर तेस्रो वर्षमा प्रवेश गरेको र यो अवधिमा एउटा पनि कानुन बन्न नसकेको बताए । “यो दुई वर्षमा प्रदेशसभाले चार ऐन संशोधन गरेको छ”, उनले भने, “चालु आर्थिक वर्षको बजेट दुई पटकको प्रयासमा ल्याइएको थियो ।”
पहिलो प्रदेशसभाले प्रदेशमा स्थिर सरकार दिन सकेको थियो । विसं २०७९ पछिको दोस्रो प्रदेशसभामा भने पटकपटक सरकारको नेतृत्व परिवर्तन भइसकेको छ । सरकारले प्रदेशसभालाई ‘बिजनेस’ दिन नसक्दा कानुन बन्न नसकिरहेको टिप्पणी भइरहेको छ ।
संविधानअनुसार प्रदेशस्तरमा प्रदेश व्यवस्थापिकाको भूमिका निर्वाह गरिरहेको प्रदेशसभा (व्यवस्थापिका) जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्त्वपूर्ण संस्था हो । यसल...
दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खस्दा त्यसमा सवार दुईजनाको घटनास्थलमा नै मृत्यु भएको हो । मृत्यु हुनेको पहिचान खुल्न बॉकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
“हुस्सु लागेका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देखिएको छ,” उनले भने ।...
काठमाडौं । आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
कर्णाली प्रदेशको हिमाली क्षेत्रमा आज दिउँसो आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा पनि दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तराई क्षेत्रमा भने मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।
आज अन्य प्रदेशका तराई क्षेत्रमा कुहिरो र हुस्सु लागेको छ । दिउँसो र राति भने मुख्यतया मौसम सफला रहनेछ ।...
७ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक भएको छ ।
सोमबार सार्वजनिक भएको प्रतिवेदन अनुसार एकीकृत समाजवादी ३२ लाख ८७ हजार १६४ रूपैयाँ घाटामा रहेको उल्लेख छ ।
आर्थिक वर्ष २०८०/८१ को आय व्यय अनुसार गत आर्थिक वर्षमा ४ करोड २४ लाख ५३ हजार ६ सय ९१ रुपैयाँ आम्दानी भएकोमा ४ करोड ५७ लाख ४० हजार ८ सय ५४ रूपैयाँ खर्च भएको पार्टी केन्द्रीय कार्यालयका लेखा प्रमुख खेमराज पौडेलले जानकारी दिए ।
पार्टीको यस आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा २०८० असोजमा सञ्चालित मेची-महाकाली जागरण अभियान, २०८१ जेठमा सम्पन्न पार्टीको १०औं राष्ट्रिय महाधिवेशन र यसैवर्ष सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा भए/गरेको खर्च विवरण उल्लेख छ ।
सदस्यता, लेबी, प्रकाशन बिक्री, महाधिवेशन प्रतिनिधि शुल्क, अन्य नियमित सहयोग रकम पार्टीको मुख्य आम्दानीको श्रोत रहेको प्रतिवेदनमा छ ।...
काठमाडौं । गायिका समीक्षा अधिकारीले श्री एयरलायन्सबाट धोका पाएको भन्दै स्टाटस् लेखेपछि अर्की गायिका ज्योति मगरले जवाफ फर्काएकी छन् ।
आइतबार बिहान समीक्षाले श्री एयरलायन्सबाट आफूले धोका पाएको र समयमा नै उडान नहुँदा आफ्नो कार्यक्रम छुटेको भन्दै आक्रोश पोखेकी थिईन् । समीक्षाको स्टाटसलगत्तै ज्योतिले लामो स्टाटस लेखेकी छन् । उनले स्टाटस्मा एयरलायन्सलाई गाली गर्नेलाई पाखेको संज्ञासमेत दिएकी छन् ।
‘म अचेल प्रत्येक दिन दुई ओटा जति फ्लाइट गर्छु । एक दिन त मैले बिहान बिराटनगर टु काठ्मान्डु, पोखरा टु काठमाडौ टु नेपालगन्ज गरेर चार ओटा फ्लाइट सम्म गरे । मौसम को कारण भर्खरै मात्र माघ १ गते र माघ ५ गते २ ओटा ठुला कार्यक्रम रद्द गर्नु पर्यो । किनकी प्रकृति भन्दामाथी हामी कोही छैनौं’ उनले लेखेकी छन् ।
भर्खर भर्खर प्लेन चढ्न थालेका कलाकारहरु आज भोलि अधिकाँस एयरलाइन्सलाई गाली गर्दै आक्रोश पोख्दै आफु...
धनगढी। कैलालीमा खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। इस
जिल्लाको घोडाघोडी नगरपालिका–१ भजनीबाट सोही ठाउँ बस्ने ३० वर्षीय महेश चन्द पक्राउ परेका छन्। चन्दलाई ६ ग्राम ६०० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
यसैगरी धनगढी उपमहानगरपालिका–४ शिवपुरीधाम नजिकबाट सोही ठाउँ बस्ने ३८ वर्षीय भरत चौधरीलाई १९० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट शिवपुरीधामबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। यी दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।...
काठमाडौं । भाटभटेनी सुपर स्टोरले नियमित ग्राहकलाई यो वर्ष २२ करोड रुपैयाँभन्दा बढी परिमाण बराबरको गिफ्ट भौचर घोषणा गरेको छ ।
यस्तो उपहार प्राप्त गर्ने व्यक्तिले पाएको गिफ्ट भौचर बराबर सामग्री देशभरि फैलिएका २७ वटा भाटभटेनी स्टोरमा जहाँबाट पनि खरिद गर्न सकिने भाटभटेनीले जनाएको छ ।
भाटभटेनी क्लबमा सदस्य रहेका लाखौं ग्राहकमध्ये हालसम्म १ लाख ९ हजार ५ सय २९ जनाले गिफ्ट भौचर प्राप्त गरेको प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले जानकारी दिए ।
कम्तीमा १ हजार ३ सयदेखि २ लाख रुपैयाँसम्मको गिफ्ट भौचर ती सदस्यले प्राप्त गरिसकेको उनले बताए । यसरी बाँडिने गिफ्ट भौचर कूल २२ करोड ५२ लाख ४९ हजार ३ सय २४ रुपैयाँ बराबर हुनेछ ।
सीओओ पौडेलका अनुसार गिफ्ट भौचर बाँड्ने कार्य ६ माघदेखि ९ फागुन २०८१ सम्म रहने छ ।
भाटभटेनी सुपर स्टोरले ग्राहकका लागि धेरै प्रकारका सुविधाका प्याकेज बेला–बेला घोषणा ग...
धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रेबिज लागेर एक युवकको मृत्यु भएको छ।
जिल्लाको मोहन्याल गाउँपालिका घर भएका २९ वर्षीय युवकको रेबिजका कारण यही पौष २२ गते मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रादेशक स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। चार महिनाअघि ती व्यक्तिलाई भारतमा कुकुरले टोकेको र रेबिजको लक्ष्यण देखिएपछि उनी अस्पताल भर्ना भएका थिए।
उनको उपचारकै क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख डाक्टर खगेन्द्रबहादुर बमले बताए। भारतमा कुकुरले टोक्दा रेबिज विरुद्धको खोप नलगाएकाले रेबिज संक्रमण भएको बमले बताए। रेबिजबाट बच्न कुकुर, बिरालो लगायत जंगली जनावर टोकेमा रेबिज विरुद्धको खोप लगाउनुपर्ने डाक्टर बमले बताए।...
कञ्चनपुर । थारु कलाकार समु चौधरी यतिबेला दुना/टपरी बनाउनेदेखि घरको लिपपोत गर्ने काममा व्यस्त छिन् । थारु समुदायको प्रमुख चाड नजिकिँदै छ । त्यही भएर उनको व्यस्तता पनि बढेको हो । भीमदत्त नगरपालिका–१ राजीपुरमा बस्ने उनले जंगलबाट सालका पात ल्याउने, घरको लिपपोत गर्ने, अनदीको झोल (जाँड) बनाउने काम गरिसकेकी छिन् । कुटानी पिसानीको काम पनि गरिसकेकी छिन् । अहिले तराईमा शीतलहर चलिरहेको छ । घरबाहिर निस्कन नसकिने अवस्था छ । तर पनि थारु समुदायका महिला र पुरुषहरू यतिबेला धुमधामका साथ माघीको तयारीमा लागेका छन् । घरमै बसेर दुना–टपरी बनाउने, अनदीको झोल बनाउनेलगायतका विभिन्न काम भइरहेका छन् ।
‘घर लिपपोत र जार (जाँड) बनाउने काम सकिएको छ, कुटानी पिसानी पनि भइसकेको छ,’ समुले भनिन्, ‘जंगलबाट सालका पात पनि ल्याइसकेका छौं, अहिले दुना–टपरी बनाइरहेका छौं ।’ उनका अनुसार माघी सुरु हुनुभन्दा एक महिना पहिलेदेखि अनदीक...