Day: February 19, 2025

कञ्चनपुरमा वयस्क जङ्गली हात्ती मृत फेला

कञ्चनपुरमा वयस्क जङ्गली हात्ती मृत फेला

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर। कञ्चनपुरको लाल झाडीमा जङ्गली हात्ती मृत फेला परेको छ। विगत केही महिनादेखि आतङ्क मच्चाउँदै आएको क्षेत्रमा आज बिहान हात्ती मृत अवस्थामा फेला परेको हो। लाल झाडी गाउँपालिका–४ को पर्सिया र जाई गाउँको आसपास रहेको सडक किनारमा वयस्क हात्ती मरेको अवस्थामा भेटिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम बिचारी ठाकुरले बताए। ठाकुरका अनुसार हात्ती के कति कारणले मरेको हो भन्ने खुलेको छैन्। लाल झाडी कोरिडोरमा रहेको हात्तीले गत असोजदेखि सो क्षेत्रमा खेतीपातीमा नोक्सान गर्दै आएका छन्। हात्तीको आक्रमणबाट कञ्चनपुरमा यसै वर्ष दुई जनाको ज्यानसमेत गएको थियो।...