थापाको नियुक्तिप्रति एमाले महासचिव पोखरेलको व्यङ्ग्य : ‘जान्नेलाई छान्ने तरिका गजबको रहेछ’

काठमाडौं। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले हालै गरेका नियुक्ति प्रक्रिया र राजनीतिक निर्णयप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारको कार्यशैलीमाथि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रश्न उठाएका हुन्।

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन शाहले बुधबार नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापालाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा नियुक्त गरेपछि पोखरेलले उक्त प्रतिक्रिया दिएका हुन्।

पोखरेलले काठमाडौं महानगरपालिकाको स्थानीय निर्वाचनमा बालेन शाहसँग प्रतिस्पर्धा गरेका व्यक्तिलाई अध्यादेशमार्फत पद रिक्त गराई सोही पदमा नियुक्त गरिएको भन्दै सरकारको दोहोरो चरित्र उजागर भएको टिप्पणी गरेका छन्।

उनले विश्वविद्यालयलाई राजनीतीकरणमुक्त बनाउने नाममा विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको दाबी अहिले व्यवहारमै खण्डित भएको आरोप लगाए। राजनीतिक हस्तक्षेप अन्त्य गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा आफ्ना निकट व्यक्तिलाई नियुक्त गर्ने प्रवृत्ति कायम रहेको उनको भनाइ छ।

महासचिव पोखरेलले राजनीतिमुक्त बनाउने बहानामा अध्यादेशमार्फत पद रिक्त गरी आफ्नै विचार वा दल निकट व्यक्तिलाई नियुक्त गर्नु नै वर्तमान सत्ता समीकरण र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उठाएको ‘जान्नेलाई छान्ने’ नाराको वास्तविक रूप भएको भन्दै व्यङ्ग्य गरेका छन्।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...