दक्षिण कोरियामा ज्यान गुमाएका धर्मराजको परिवारलाई २३ लाख रुपैयाँ आर्थिक सहायता

खोटाङ, असार १८। वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा मृत्यु भएका खोटेहाङ गाउँपालिका–१, लिकुवापोखरीका धर्मराज तामाङको परिवारले आर्थिक सहायता र बीमाबापत कुल २३ लाख रुपैयाँ प्राप्त गरेको छ।

खोटेहाङ गाउँपालिका अन्तर्गतको आप्रवासी स्रोत उपकेन्द्रका परामर्शकर्ता युवराज कालिकोटेका अनुसार परिवारले वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायताबापत १० लाख रुपैयाँ र बीमाबापत १३ लाख रुपैयाँ प्राप्त गरेको हो।

धर्मराज २०८० मंसिर २६ गते वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका थिए। २०८२ मंसिर २२ गते उनी मृत अवस्थामा फेला परेका थिए। आफन्तका अनुसार उनी झुण्डिएको अवस्थामा भेटिएका थिए।

मृतकका परिवारले २०८२ पुस २४ गते आर्थिक सहायता तथा बीमाको रकम प्राप्त गर्न आप्रवासी स्रोत उपकेन्द्रमा निवेदन दिएका थिए। सोही दिन आवश्यक कागजात तयार गरी वैदेशिक रोजगार बोर्डमा सिफारिस गरिएको थियो। त्यसपछि असार १६ गते मृतकका परिवारको बैंक खातामा २३ लाख रुपैयाँ जम्मा भएको परामर्शकर्ता कालिकोटेले जानकारी दिए।

मृतक धर्मराजका श्रीमती र एक छोरा छन्। छोरालाई नेपाल सरकारको छात्रवृत्ति कार्यक्रमका लागि सिफारिस गर्ने प्रक्रिया अघि बढाइएको छ।

खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राई (मुक्ति)का अनुसार चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तीन जनाका ६ जना बालबालिकालाई छात्रवृत्तिका लागि सिफारिस गरिसकिएको छ।

सरकारले वैदेशिक रोजगारीका क्रममा अभिभावक गुमाएका ४ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरेको छ। यसअन्तर्गत कक्षा १ देखि ८ सम्म अध्ययनरत विद्यार्थीले वार्षिक १२ हजार रुपैयाँ र कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले वार्षिक १६ हजार रुपैयाँ छात्रवृत्ति पाउने व्यवस्था रहेको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...