एएसआई थमन बीके हत्या प्रकरण : पूर्वसांसद महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

जनकपुरधाम। प्रहरी सहायक निरीक्षक (एएसआई) थमन बीके हत्या प्रकरणमा लक्ष्मी महतो कोइरी र निलम्बित अभिराम शर्मासहित ६ जनालाई पाँच वर्ष कैद तथा तीन जनालाई जन्मकैदको सजाय सुनाइएको छ।

जनकपुर उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले पूर्वसांसद महतो, प्रदेशसभा सदस्य शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे र पवन कपरलाई पाँच–पाँच वर्ष कैद सजाय सुनाएको हो।

यस्तै, यही घटनामा प्रतिवादी प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई तत्कालीन मुलुकी ऐनको ज्यानसम्बन्धी कसुरअन्तर्गत जन्मकैदको सजाय हुने फैसला गरिएको अदालतका सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिएका छन्।

यसअघि महोत्तरी जिल्ला अदालतले २०८१ कात्तिक ११ गते प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई जन्मकैदको सजाय सुनाएको थियो भने पूर्वसांसद महतो र पवन कपरलाई सफाइ दिएको थियो। उच्च अदालतले तीन जनाको जन्मकैदको फैसला सदर गर्दै अन्य प्रतिवादीबारे नयाँ निर्णय गरेको हो।

अदालतको फैसलाअनुसार एएसआई थमन बीकेको मृत्यु ड्युटीकै क्रममा भएको थियो। अनुसन्धानका क्रममा जन्मकैद सजाय पाएका तीनै प्रतिवादीले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका थिए। साथै, घाइते बीकेलाई उपचारका लागि लैजाँदै गर्दा एम्बुलेन्स चालक सुशील मिश्र तथा घटनास्थलमा रहेका अन्य व्यक्तिहरूको बयानले पनि उनीहरूको संलग्नता पुष्टि गरेको अदालतले उल्लेख गरेको छ।

फैसलामा प्रतिवादी सञ्जयकुमार साहले थमन बीकेमाथि आक्रमण गरेको घटनाका तस्बिर तथा अन्य प्रमाणबाट पुष्टि भएको उल्लेख छ। पूर्वसांसद महतो, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे र पवन कपरले प्रत्यक्ष रूपमा आक्रमण गरेको वस्तुगत प्रमाण नभए पनि जन्मकैद सजाय पाएका प्रतिवादीहरूको बयान तथा परिस्थितिजन्य प्रमाणका आधारमा उनीहरूलाई हत्याको कसुरमा दोषी ठहर गरिएको अदालतले जनाएको छ।

२०७२ भदौ २५ गते महोत्तरीमा ड्युटीमा खटिएका एएसआई थमन बीकेलाई आन्दोलनकारीको समूहले कुटपिट गरी हत्या गरेको अभियोगमा यो मुद्दा दर्ता भएको थियो।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...