अमेरिका पार्सल गर्न लागिएको सुनचाँदीका गहनासहित दुई जना पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा कार्यालयले सुन तथा चाँदीका गरगहनासहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

कार्यालयका अनुसार असार १६ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्गो कम्प्लेक्समा Manifest No. AMS AP 321 अन्तर्गत जुत्ता, पाइन्ट, साडी तथा अन्य कपडा रहेको उल्लेख गरिएको कार्गो पार्सलको एक्स–रे परीक्षण गरिएको थियो।

परीक्षणका क्रममा पार्सल शंकास्पद देखिएपछि खोल्दा विभिन्न प्रकारका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना फेला परेको भन्सार सुरक्षा कार्यालयले जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट उक्त पार्सल झापास्थित युनिक कार्गो (Unique Cargo) ले एपेक्स लजिस्टिक प्रालि (Apex Logistic Pvt. Ltd.) मार्फत काठमाडौंबाट संयुक्त राज्य अमेरिका पठाउने तयारी गरेको खुलेको छ।

घटनामा संलग्न रहेको आरोपमा एपेक्स लजिस्टिक प्रालिका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गो, झापाका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाललाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।

बरामद गरिएका सामग्रीमा विभिन्न प्रकारका गौँडी, चन्द्रमा, जन्तर, सिंगल तथा डबल ब्रोच, शिरफूल, नेपालको झण्डा अंकित ब्रोच, खुकुरी आकारका ब्रोच, मंगलसूत्र, मोतीमाला, रातोहार, त्रिशूललगायतका गरगहना रहेका छन्।

प्रहरीका अनुसार बरामद गरिएका गरगहनाको वास्तविक धातु, तौल तथा मूल्य निर्धारण गर्ने कार्य जारी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...