सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

काठमाडौं। आफ्ना मागको सम्बोधनका लागि सिंहदरबार घेराउ गर्न माइतीघरबाट अघि बढेका दृष्टिविहीन प्रदर्शनकारीलाई प्रहरीले बीचबाटोमै रोकेको छ।

लामो समयदेखि माइतीघर मण्डलामा धर्नामा बसेका दृष्टिविहीनहरू बिहीबार (असार १८) सिंहदरबारतर्फ मार्चपास गर्ने तयारीमा थिए। तर, प्रहरीले उनीहरूलाई अघि बढ्न नदिई बीचबाटै फर्काएको हो।

आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराउन उनीहरूले सिंहदरबार घेराउको कार्यक्रम घोषणा गरेका थिए। सडकपेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमूलक पेशा अपनाउँदै आएका दृष्टिविहीनहरूले सरकारले आफ्नो व्यवसाय गर्न अवरोध गरेको आरोप लगाउँदै ११ दिनदेखि निरन्तर धर्ना दिँदै आएका छन्।

उनीहरूको मुख्य मागमा दृष्टिविहीनको सम्मानजनक व्यवस्थापन, योग्यता, क्षमता र अनुभवका आधारमा रोजगारीको सुनिश्चितता, त्यो सम्भव नभएसम्म हाल गर्दै आएको स्वरोजगार तथा सडक संगीतजस्ता पेशालाई निर्बाध रूपमा सञ्चालन गर्न पाउने व्यवस्था तथा सामाजिक सुरक्षा भत्तामा उल्लेखनीय वृद्धि समावेश छन्।

आन्दोलनरत दृष्टिविहीन साधन सुब्बाले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए। उनका अनुसार बुधबार (असार १७) उनीहरूले नेकपा (एमाले)को केन्द्रीय कार्यालय अगाडि पनि धर्ना दिएका थिए। एमालेले आफ्ना मागप्रति ऐक्यबद्धता जनाए पनि धर्ना कार्यक्रम सहज रूपमा सञ्चालन गर्न नदिएको उनले गुनासो गरे।

सुब्बाले आफ्ना माग सम्बोधनका लागि एमालेले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि जानकारी दिए।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...