दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

खलङ्गा (दार्चुला) — दार्चुलाको व्यास गाउँपालिका–२, काठादुम्लिङमा श्रमदानमार्फत निर्माण गरिएको ७२ मिटर लामो झोलुङ्गे पुल ८५ दिनमै सम्पन्न भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मङ्गलबार आयोजित कार्यक्रममा पुलको उद्घाटन गरेका हुन्।

उद्घाटनपछि सम्बोधन गर्दै साम्पाङले श्रमदानको संस्कृतिले असम्भव देखिएका कामसमेत सम्भव बनाउने बताउँदै पुलले स्थानीयको दैनिक आवतजावत सहज बनाउने विश्वास व्यक्त गरे। पुल सञ्चालनमा आएपछि काठादुम्लिङदेखि कञ्जु क्षेत्रसम्मको यात्रा सहज भएको भन्दै स्थानीयवासीले खुसी व्यक्त गरेका छन्।

गत चैत २४ गते शिलान्यास गरिएको उक्त पुल साम्पाङको नेतृत्वमा सञ्चालन भएको श्रमदान अभियानअन्तर्गत निर्माण गरिएको हो। निर्माणमा ४०० भन्दा बढी स्वयंसेवीले प्रत्यक्ष श्रमदान गरेका थिए। अभियानमा संलग्न नवीन राईका अनुसार पुल निर्धारित समयमै निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको हो।

स्थानीय माया जोहारीले पुल निर्माणसँगै गाउँमा विकासको नयाँ आशा पलाएको बताइन्। उनका अनुसार पुल बनेपछि विद्यालय जाने बालबालिका तथा दैनिक रूपमा खोला वारपार गर्ने स्थानीयलाई विशेष राहत पुगेको छ।

व्यास गाउँपालिका–२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीले हरेक वर्ष काठेपुल बनाउनुपर्ने बाध्यता अब हटेको उल्लेख गर्दै झोलुङ्गे पुलले दीर्घकालीन समाधान दिएको बताए। उनले महाकाली नदीमाथि नेपाल–भारत जोड्ने स्थायी पुल निर्माणका लागि सरकारले पहल गर्नुपर्ने माग पनि गरे।

कार्यक्रममा सहभागी सुरेन्द्र केसीले श्रमदानको यो अभियान देशभर विस्तार गर्नुपर्ने धारणा राखे।

साम्पाङले पुल कुनै व्यक्ति वा दलको नभई श्रमदान गर्ने सबैको पसिनाको प्रतिफल भएको उल्लेख गर्दै जनसहभागितामूलक विकास अभियानलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिए।

श्रम संस्कृति पार्टीकी कोषाध्यक्ष समिता राईका अनुसार पुल निर्माण अभियानका लागि देश–विदेशबाट हालसम्म १ करोड रुपैयाँभन्दा बढी सहयोग संकलन भएको छ। पुल निर्माणमा करिब ४० लाख रुपैयाँ खर्च भएको र बाँकी आर्थिक विवरण सार्वजनिक गरिने उनले जानकारी दिइन्।

सुरुमा महाकाली नदीमाथि पुल निर्माण गर्ने उद्देश्यले अभियान सुरु गरिएको भए पनि कूटनीतिक तथा प्राविधिक जटिलताका कारण तत्काल सम्भव नभएपछि वैकल्पिक रूपमा दुम्लिङको काठादुम्लिङमा पुल निर्माण गरिएको हो।

दार्चुला भ्रमणकै क्रममा हर्क साम्पाङले आफ्नो श्रम संस्कृति पार्टीको जिल्ला संगठन पनि विस्तार गरेका छन्। खलङ्गामा आयोजित भेलाले रमेशसिंह जोहारीको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरेको जनाएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...