थाहा नगरमा पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालन

मकवानपुर — थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ स्टेसन सञ्चालनमा आएसँगै थाहा नगरमा विद्युतीय सवारीसाधनका लागि छिटो चार्जिङ सेवा उपलब्ध भएको हो।

स्टेसनमा CCS2 र GBT दुवै प्रकारका चार्जिङ पोर्ट जडान गरिएको छ। यसबाट विभिन्न मोडलका विद्युतीय सवारीसाधनलाई सहज रूपमा चार्ज गर्न सकिने सञ्चालकले बताएका छन्।

थाहा नगरपालिका पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। सोही क्रममा विद्युतीय सवारीसाधनको प्रयोग पनि बढ्दै गएपछि आवश्यक चार्जिङ पूर्वाधारको अभावलाई सम्बोधन गर्न स्टेसन सञ्चालनमा ल्याइएको हो। चार्जिङ सुविधा उपलब्ध भएपछि काठमाडौंलगायत विभिन्न स्थानबाट ईभीमार्फत थाहा नगर भ्रमणमा आउने पर्यटकलाई थप सहज हुने अपेक्षा गरिएको छ।

थाहा नगरपालिका तथा नेपाल विद्युत् प्राधिकरण, पालुङ शाखाको सहयोगमा आवश्यक पूर्वाधार व्यवस्थापन गरी स्टेसन सञ्चालनमा ल्याइएको ऋषेश्वर फास्ट चार्जिङ स्टेसनका सञ्चालक प्रो. देवराज कार्कीले जानकारी दिए।

कार्कीका अनुसार चार्जिङ सेवासँगै स्टेसनमा वासिङ सेन्टर, ग्यारेज र रेस्टुरेन्ट समेत सञ्चालन गर्ने तयारी गरिएको छ। एउटै स्थानबाट विद्युतीय सवारी चार्ज गर्ने, मर्मत तथा सरसफाइ गर्ने र खानाको सुविधा उपलब्ध गराउने उद्देश्य रहेको उनले बताए।

थाहा नगरमा ईभीका लागि आवश्यक पूर्वाधार विस्तार हुनुलाई पर्यटन प्रवर्द्धनका दृष्टिले समेत महत्वपूर्ण मानिएको छ। फास्ट चार्जिङ सुविधा थपिएसँगै विद्युतीय सवारीसाधनमार्फत थाहा नगर आउने पर्यटकको संख्या बढ्ने र नगरलाई ईभीमैत्री पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...