
बिगत लामो समयदेखि विभिन्न रोग तथा समस्याबाट पीडित व्यक्तिहरूलाई आध्यात्मिक तथा अलौकिक शक्तिमार्फत उपचार गर्दै आएको परम पूज्य श्री श्री श्री १००८ जगद्गुरु शिव शक्ति बाबाको सेवामूलक कार्य र जीवनयात्रा समेटिएको पुस्तक सिक्किममा प्रकाशित भएको छ।

बाबाले विगत लामो समयदेखि भारतको सिक्किमस्थित सिङ्ताम तथा भारत र भुटान को बोडर जयगाउँ क्षेत्रमा विभिन्न रोग तथा समस्याबाट पीडित व्यक्तिहरूलाई उपचार गर्दै आएको बताइएको छ। उहाँको उपचारबाट जयगाउँ मा करिब ७ हजारभन्दा बढी बिरामीले सेवा लिएको र धेरै बिरामीहरू उपचारपछि निको भएको दाबी गरिएको छ।
उपचारबाट प्राप्त रकममध्ये केही हिस्सा दुःखी, गरिब तथा असहाय व्यक्तिहरूलाई सहयोग गर्नुका साथै विभिन्न आश्रम तथा गौशालामा समेत सहयोग गर्दै आएको बताइएको छ। आध्यात्मिक उपचारसँगै सामाजिक तथा सेवामूलक कार्यमा समेत सक्रिय रहेको विषयलाई समेटेर उक्त पुस्तक प्रकाशन गरिएको सिक्किम को मिडिया ले जनाइएको छ।

जगद्गुरु शिव शक्ति बाबाको आध्यात्मिक यात्रा, उपचार सेवा, सामाजिक योगदान तथा सेवामूलक गतिविधिलाई समेटिएको उक्त पुस्तकमा उहाँका गतिविधिको लामो समयदेखि प्रचार–प्रसार तथा समाचारमार्फत जानकारी गराउँदै आएका एक्सप्रेस टिभी न्युज नेपालका प्रबन्ध निर्देशक तथा वरिष्ठ पत्रकार कुमार भट्टराईको नामसमेत समावेश गरिएको छ।
बाबाको आध्यात्मिक सेवा, उपचार तथा समाजसेवाका गतिविधिलाई दस्तावेजका रूपमा सुरक्षित राख्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको बताइएको छ।




