नयाँ दिल्लीमा वरिष्ठ पत्रकार कुमार भट्टराईलाई ‘राजीव गान्धी गौरव रत्न’ अवार्ड

नयाँ दिल्ली — मठ–मन्दिर तथा सनातन धर्मको संरक्षण र प्रवर्द्धनका विषयमा निरन्तर प्रचार प्रसार गर्दै आएका एक्सप्रेस टिभी न्युज नेपालका प्रबन्ध निर्देशक वरिष्ठ पत्रकार कुमार भट्टराईलाई अन्तर्राष्ट्रिय समरसता मञ्चले प्रथम ‘राजीव गान्धी गौरव रत्न अवार्ड–२०२६’ प्रदान गरेको छ।

नयाँ दिल्लीमा आयोजित विशेष समारोहबीच भट्टराईलाई उक्त सम्मान प्रदान गरिएको हो। विभिन्न स्थानमा रहेका ऐतिहासिक तथा धार्मिक मठ–मन्दिरको खोज, अध्ययन र प्रचार–प्रसार गर्दै सनातन धर्म तथा धार्मिक सम्पदाको संरक्षणका विषयलाई सञ्चारमाध्यममार्फत निरन्तर उठाउँदै आएको योगदानको कदरस्वरूप अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।

पत्रकारितामार्फत धार्मिक तथा सांस्कृतिक सम्पदाको उजागर गर्दै आएको र आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गरेको योगदानलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय समरसता मञ्चले भट्टराईलाई सम्मान गरेको हो।

अवार्ड वितरण समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्व तथा अतिथिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सम्मान ग्रहण गर्दै भट्टराईले आफूले गर्दै आएको पत्रकारिता र धार्मिक–सांस्कृतिक सम्पदाको संरक्षणसम्बन्धी अभियानलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

छुटाउनुभयो कि ?

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...
राजीनामापछि रुँदै मन्त्रालयबाट बाहिरिइन् गौरीकुमारी यादव

राजीनामापछि रुँदै मन्त्रालयबाट बाहिरिइन् गौरीकुमारी यादव

इन्धन आपूर्ति सहज बनाउन नसकेको तथा उद्योगीलाई ‘पाता कस्ने’ अभिव्यक्ति दिएपछि विवादमा परेकी उद्योगमन्त्री गौरीकुमारी यादवले राजीन...
बाढीपीडितको उद्धारमा टोखाको साथ, सशस्त्र प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

बाढीपीडितको उद्धारमा टोखाको साथ, सशस्त्र प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई टोखा नगरपालिकाले आवश्यक उद्धार सामग्री उप...
अभिनेत्री तथा सामाजिक अभियन्ता माया थामीलाई ‘International Excellence Award 2026’ मा विशेष सम्मानित

अभिनेत्री तथा सामाजिक अभियन्ता माया थामीलाई ‘International Excellence Award 2026’ मा विशेष सम्मानित

अभिनेत्री तथा सामाजिक अभियन्ता मायादेवी थामीलाई कला तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ‘International Excell...
International Excellence Award 2026 बाट कुमार भट्टराई सम्मानित

International Excellence Award 2026 बाट कुमार भट्टराई सम्मानित

काठमाडौं । International Excellence Award 2026 बाट एक्सप्रेस टिभी न्युज नेपालका प्रबन्ध निर्देशक कुमार भट्टराई सम्मानित भएका...
नुवाकोटपछि रसुवाका बाढीपीडितको सहारामा गायक दुर्गेश थापा

नुवाकोटपछि रसुवाका बाढीपीडितको सहारामा गायक दुर्गेश थापा

काठमाडौं । भोटेकोशीमा बाढी आएको भोलिपल्टदेखि नै गायक दुर्गेश थापा नुवाकोटका बाढी प्रभावितको उद्धार तथा राहतमा सक्रिय रहँदै आएका ...