शव व्यवस्थापनका लागि रेडक्रसले उपलब्ध गराएका १,४४० झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि मृत्यु भएका तथा फेला परेका शवको संख्या ४८९ पुगेको जनाइएको छ।

शवलाई सुरक्षित र व्यवस्थित रूपमा राख्न नेपाल रेडक्रस सोसाइटीले गृह मन्त्रालयलाई १ हजार ४४० वटा शव प्याक गर्ने झोला उपलब्ध गराइसकेको छ। तर, शव फेला पर्ने क्रम बढ्दै गएपछि उक्त संख्या पर्याप्त नभएको भन्दै भारत सरकारबाट थप झोला सहयोगस्वरूप ल्याउने तयारी भइरहेको छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले रेडक्रसबाट शव व्यवस्थापनका लागि आवश्यक झोला प्राप्त भइसकेको पुष्टि गर्दै आवश्यकता बढेकाले भारत सरकारसँग थप झोला माग गर्न लागिएको जानकारी दिएका छन्।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशाल भण्डारीका अनुसार शुक्रबार झापाबाट थप ४०० वटा झोला ल्याइँदैछ। ती झोला नवलपरासी, धादिङ र चितवनमा फेला परेका शवको व्यवस्थापनमा प्रयोग गरिनेछ। रेडक्रसले आफ्नो केन्द्रीय कार्यालयबाट पनि थप झोला मगाएको उनले बताए।

प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार शव फेला पर्ने क्रम बढिरहेका कारण आवश्यक सामग्रीको मौज्दात बढाउनुपर्ने अवस्था आएको छ। उनका अनुसार आगामी दिनमा कति शव फेला पर्छ भन्ने यकिन नभए पनि खोजीको गति बढेकाले ठूलो संख्यामा शव व्यवस्थापन गर्न पूर्वतयारी गर्नुपरेको हो।

छुटाउनुभयो कि ?

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...
सोना सिमेन्ट र शुभम् हेल्थ केयरद्वारा १ करोड ५ लाख ९१ हजार राहत सहयोग

सोना सिमेन्ट र शुभम् हेल्थ केयरद्वारा १ करोड ५ लाख ९१ हजार राहत सहयोग

काठमाडौं । बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड (सोना सिमेन्ट) र शुभम् हेल्थ केयर...
बाढीपीडितको उद्धारमा टोखाको साथ, सशस्त्र प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

बाढीपीडितको उद्धारमा टोखाको साथ, सशस्त्र प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई टोखा नगरपालिकाले आवश्यक उद्धार सामग्री उप...
अभिनेत्री तथा सामाजिक अभियन्ता माया थामीलाई ‘International Excellence Award 2026’ मा विशेष सम्मानित

अभिनेत्री तथा सामाजिक अभियन्ता माया थामीलाई ‘International Excellence Award 2026’ मा विशेष सम्मानित

अभिनेत्री तथा सामाजिक अभियन्ता मायादेवी थामीलाई कला तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ‘International Excell...
International Excellence Award 2026 बाट कुमार भट्टराई सम्मानित

International Excellence Award 2026 बाट कुमार भट्टराई सम्मानित

काठमाडौं । International Excellence Award 2026 बाट एक्सप्रेस टिभी न्युज नेपालका प्रबन्ध निर्देशक कुमार भट्टराई सम्मानित भएका...