बाढी पिडितलाई शिव शक्ति बाबा ले गरे १ लाख ८० हजार को राहत सामग्री सहयोग

काठमाडौँबाट राहत सामग्री आफैँ लिएर नुवाकोट पुगेका शिव शक्ति बाबाद्वारा खाद्यान्न तथा नगद सहयोग

नुवाकोटमा बाढीबाट प्रभावित नागरिकहरूलाई राहत पुर्‍याउने उद्देश्यले श्री श्री श्री महागुरु दिव्य सिद्धि पुरुष जगद्गुरु महाराज शिव शक्ति बाबाले १ लाख ८० हजार रुपैयाँ को राहत सामग्री सहयोग गर्नुभएको छ।

भदौ १५ गते काठमाडौँबाट राहत सामग्री आफैँ लोड गरी शिव शक्ति बाबा नुवाकोटको विदुर नगरपालिका पुग्नुभएको थियो। उहाँले बाढी प्रभावित परिवारहरूलाई खाद्यान्न सामग्रीसहित नगद सहयोगसमेत वितरण गर्नुभएको हो।

शिव शक्ति बाबाले उपलब्ध गराउनुभएको राहतमा ५० बोरा चामल, चिउरा, भुजा, दालबुट, भुजिया, फुरुती, रेडबुल, पानीलगायत विभिन्न खाद्यान्न तथा आवश्यक सामग्री रहेका थिए। उक्त खाद्यान्न तथा अन्य राहत सामग्रीको मूल्य करिब १ लाख ५० हजार रुपैयाँ रहेको बताइएको छ।

त्यसैगरी, राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउन गाडी भाडाबापत २० हजार रुपैयाँ खर्च गरिएको थियो। बाढीबाट प्रभावित १० जना नागरिकलाई व्यक्तिगत रूपमा प्रतिव्यक्ति १ हजार रुपैयाँका दरले १० हजार रुपैयाँ नगद समेत वितरण गरिएको थियो।

राहत अभियानमा थाहा नगरपालिकाका तरकारी व्यवसायीहरूले समेत विभिन्न प्रकारका तरकारी पठाएर सहयोग गरेका थिए। थाहा नगरपालिकाबाट उपप्रमुख भरत गोपाली, कविन अमात्यरामकृष्ण दियाली लगायतको उपस्थिति रहेको थियो।

त्यस्तै, बाढीपीडितहरूको सहयोगका लागि धादिङबाट इन्जिनियर कपिल भण्डारी पनि राहत अभियानमा सहभागी हुनुभएको थियो। यसै क्रममा एसएस कुर्ता कलेक्सनकी सृजना दिदीले करिब २ लाख रुपैयाँ बराबरका कुर्ता–सुरुवाल तथा अन्य कपडा सहयोगस्वरूप पठाउनुभएको थियो।

विपद्को कठिन समयमा विभिन्न व्यक्ति, व्यवसायी तथा संस्थाबाट प्राप्त सहयोगले बाढी प्रभावित नागरिकलाई ठूलो राहत पुगेको छ। राहत सामग्री तथा नगद सहयोग प्राप्त गरेपछि प्रभावित नागरिकहरूले खुसी व्यक्त गर्दै सहयोगी सबैप्रति आभारसमेत प्रकट गरेका छन्।

बाढीका कारण समस्यामा परेका नागरिकलाई प्रत्यक्ष रूपमा राहत पुर्‍याउँदै मानवीय सेवामा जुट्नुभएका शिव शक्ति बाबा तथा सम्पूर्ण सहयोगी हातहरूको यो पहलले विपद्को समयमा आपसी सहयोग, सद्भाव र मानवीयताको महत्वपूर्ण सन्देश दिएको छ।

छुटाउनुभयो कि ?

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...
राजीनामापछि रुँदै मन्त्रालयबाट बाहिरिइन् गौरीकुमारी यादव

राजीनामापछि रुँदै मन्त्रालयबाट बाहिरिइन् गौरीकुमारी यादव

इन्धन आपूर्ति सहज बनाउन नसकेको तथा उद्योगीलाई ‘पाता कस्ने’ अभिव्यक्ति दिएपछि विवादमा परेकी उद्योगमन्त्री गौरीकुमारी यादवले राजीन...
बाढीपीडितको उद्धारमा टोखाको साथ, सशस्त्र प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

बाढीपीडितको उद्धारमा टोखाको साथ, सशस्त्र प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई टोखा नगरपालिकाले आवश्यक उद्धार सामग्री उप...
अभिनेत्री तथा सामाजिक अभियन्ता माया थामीलाई ‘International Excellence Award 2026’ मा विशेष सम्मानित

अभिनेत्री तथा सामाजिक अभियन्ता माया थामीलाई ‘International Excellence Award 2026’ मा विशेष सम्मानित

अभिनेत्री तथा सामाजिक अभियन्ता मायादेवी थामीलाई कला तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ‘International Excell...
International Excellence Award 2026 बाट कुमार भट्टराई सम्मानित

International Excellence Award 2026 बाट कुमार भट्टराई सम्मानित

काठमाडौं । International Excellence Award 2026 बाट एक्सप्रेस टिभी न्युज नेपालका प्रबन्ध निर्देशक कुमार भट्टराई सम्मानित भएका...
नुवाकोटपछि रसुवाका बाढीपीडितको सहारामा गायक दुर्गेश थापा

नुवाकोटपछि रसुवाका बाढीपीडितको सहारामा गायक दुर्गेश थापा

काठमाडौं । भोटेकोशीमा बाढी आएको भोलिपल्टदेखि नै गायक दुर्गेश थापा नुवाकोटका बाढी प्रभावितको उद्धार तथा राहतमा सक्रिय रहँदै आएका ...