
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सुरुङभित्र फसेका व्यक्तिको अवस्थाबारे सरकारसँग प्रश्न गरेका छन्। उनले सरकारले अनुमति दिए आफू अझै पनि जीवित व्यक्तिलाई संसद्मा ल्याएर उभ्याउन सक्ने दाबी गरे।
शाहीका अनुसार जुम्लाका पाँच जना व्यक्ति सुरुङभित्रबाट जीवितै बाहिर आएका छन्। उनीहरूसँग सुरुङभित्रको वास्तविक अवस्था, भोग्नुपरेको कठिनाइ र त्यहाँ रहेका अन्य व्यक्तिको अवस्थाबारे सरकारले एकपटक पनि जानकारी नलिएको भन्दै उनले प्रश्न उठाएका छन्।