कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, हेटौँडा–काठमाडौँ सडकमा सवारी चाप बढ्यो

काठमाडौँ । कृष्णभीरमा खसेको पहिरोका कारण पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ सडकमा सवारीसाधनको चाप अत्यधिक बढेको छ।

मुख्य सडकबाट आवागमन प्रभावित भएपछि काठमाडौँ आउने–जाने सवारीसाधन वैकल्पिक मार्गतर्फ मोडिँदा पछिल्लो एक सातादेखि हेटौँडा–काठमाडौँ सडकमा चाप बढेको हो।

सवारी चाप व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले भदौ १६ गतेदेखि साना तथा ठूला सवारीसाधनका लागि काठमाडौँ–हेटौँडा आवतजावतमा छुट्टाछुट्टै रुट निर्धारण गरेको छ।

१० चक्कासम्मका मालवाहक सवारीसाधन काठमाडौँतर्फ आउँदा त्रिभुवन राजपथ र फर्कँदा कान्ति राजमार्ग प्रयोग गरिरहेका छन्। हेटौँडाबाट काठमाडौँतर्फ जाने १४ सिटभन्दा कम क्षमताका सवारीसाधनलाई भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जाने रुट तोकिएको छ। त्यस्तै, काठमाडौँबाट हेटौँडातर्फ जाने सवारी फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी मार्गबाट सञ्चालन भइरहेका छन्।

साँघुरो पहाडी सडकमा ट्रक, बस तथा अन्य सवारीसाधनको चाप एकाएक बढेपछि यात्रुले घण्टौँ जाममा बस्नुपर्ने अवस्था सिर्जना भएको छ। यसबाट नियमित आवागमनसँगै काठमाडौँका लागि आवश्यक खाद्यान्न, ग्यासलगायत अत्यावश्यक सामग्रीको ढुवानीसमेत प्रभावित भएको छ।

कृष्णभीरमा पहिरो खसेपछि पश्चिम नेपालतर्फ जाने सार्वजनिक यातायात तथा ग्यास, खाद्यान्नलगायत अत्यावश्यक सामग्री बोकेका सवारीसाधनसमेत यही वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन्।

सामान्य अवस्थामा करिब तीन घण्टामा पूरा हुने हेटौँडा–काठमाडौँ यात्रा अहिले सवारी चापका कारण पाँच घण्टासम्म लम्बिएको छ।

छुटाउनुभयो कि ?

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...
राजीनामापछि रुँदै मन्त्रालयबाट बाहिरिइन् गौरीकुमारी यादव

राजीनामापछि रुँदै मन्त्रालयबाट बाहिरिइन् गौरीकुमारी यादव

इन्धन आपूर्ति सहज बनाउन नसकेको तथा उद्योगीलाई ‘पाता कस्ने’ अभिव्यक्ति दिएपछि विवादमा परेकी उद्योगमन्त्री गौरीकुमारी यादवले राजीन...
बाढीपीडितको उद्धारमा टोखाको साथ, सशस्त्र प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

बाढीपीडितको उद्धारमा टोखाको साथ, सशस्त्र प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई टोखा नगरपालिकाले आवश्यक उद्धार सामग्री उप...
अभिनेत्री तथा सामाजिक अभियन्ता माया थामीलाई ‘International Excellence Award 2026’ मा विशेष सम्मानित

अभिनेत्री तथा सामाजिक अभियन्ता माया थामीलाई ‘International Excellence Award 2026’ मा विशेष सम्मानित

अभिनेत्री तथा सामाजिक अभियन्ता मायादेवी थामीलाई कला तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ‘International Excell...
International Excellence Award 2026 बाट कुमार भट्टराई सम्मानित

International Excellence Award 2026 बाट कुमार भट्टराई सम्मानित

काठमाडौं । International Excellence Award 2026 बाट एक्सप्रेस टिभी न्युज नेपालका प्रबन्ध निर्देशक कुमार भट्टराई सम्मानित भएका...
नुवाकोटपछि रसुवाका बाढीपीडितको सहारामा गायक दुर्गेश थापा

नुवाकोटपछि रसुवाका बाढीपीडितको सहारामा गायक दुर्गेश थापा

काठमाडौं । भोटेकोशीमा बाढी आएको भोलिपल्टदेखि नै गायक दुर्गेश थापा नुवाकोटका बाढी प्रभावितको उद्धार तथा राहतमा सक्रिय रहँदै आएका ...