वरिष्ठ पत्रकार कुमार भट्टराईलाई ‘इन्टरनेसनल आइकन अवार्ड २०२६’ बाट सम्मानित

काठमाडौं । एक्सप्रेस टिभी न्युज नेपालका प्रबन्ध निर्देशक वरिष्ठ पत्रकार कुमार भट्टराई अन्तर्राष्ट्रिय अवार्ड बाट सम्मानित भएका छन्। भट्टराईलाई ‘3rd Edition International Icon Award 2026’ अन्तर्गत ‘Extraordinary Personality of the Year’ अवार्ड प्रदान गरिएको हो।

काठमाडौं स्थित राष्ट्रिय नाचघरमा आयोजित विशेष समारोहमा भट्टराईलाई प्रमुख अतिथि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको हातबाट उक्त सम्मान प्रदान गरिएको हो।

लामो समयदेखि पत्रकारिता तथा सञ्चार क्षेत्रमा सक्रिय रहँदै आएका भट्टराईले सनातन धर्म, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका साथै सामाजिक विषयवस्तुको प्रचार–प्रसारमा निरन्तर योगदान पुर्‍याउँदै आएको आयोजक पक्षले जनाएको छ।

सञ्चार क्षेत्रमार्फत धार्मिक तथा सांस्कृतिक महत्व बोकेका स्थलहरूको खोज, पहिचान र प्रचार–प्रसारमा सक्रिय भट्टराईले आफ्नो कार्यक्षेत्रमा निरन्तर समय दिँदै आएका छन्। विशेषगरी सनातन धर्मसँग जोडिएका ऐतिहासिक, धार्मिक तथा आध्यात्मिक विषयलाई सञ्चारमाध्यममार्फत आम दर्शकमाझ पुर्‍याउने कार्यमा उनको सक्रियता रहँदै आएको छ।

समारोहमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत प्रमुख अतिथिका रूपमा सहभागी थिए भने विनोद पहाडी, सन्तोषराज सहनी, भरत समारी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमका आयोजक अनमोल आर. भगत लगायत विभिन्न व्यक्तित्व तथा अतिथिहरूको सहभागितामा अवार्ड समारोह सम्पन्न भएको हो।

पत्रकारिता तथा सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका भट्टराईले एक्सप्रेस टिभी न्युज नेपालमार्फत समाचार, धार्मिक–सांस्कृतिक विषयवस्तु, पर्यटन तथा सामाजिक गतिविधिलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै आएका छन्। सञ्चारलाई केवल समाचार सम्प्रेषणको माध्यमका रूपमा सीमित नराखी धार्मिक तथा सांस्कृतिक सम्पदाको पहिचान र संरक्षणमा समेत प्रयोग गर्दै आएको उनको भनाइ छ।

अन्तर्राष्ट्रियस्तरको उक्त सम्मान प्राप्त भएपछि भट्टराईले आफूलाई थप जिम्मेवारीबोध भएको बताएका छन्। सम्मानले पत्रकारिता, सनातन धर्म तथा धार्मिक–सांस्कृतिक सम्पदाको प्रचार–प्रसारमा अझ सक्रिय भएर काम गर्ने ऊर्जा प्रदान गरेको उनको भनाइ छ।

‘Extraordinary Personality of the Year’ अवार्ड प्राप्त गरेसँगै कुमार भट्टराईको सञ्चार तथा सामाजिक क्षेत्रमा निरन्तर सक्रियताको अर्को अन्तर्राष्ट्रिय सम्मानका रूपमा यसलाई लिइएको छ। नाचघरमा आयोजित समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो।

छुटाउनुभयो कि ?

वरिष्ठ पत्रकार कुमार भट्टराईलाई ‘इन्टरनेसनल आइकन अवार्ड २०२६’ बाट सम्मानित

वरिष्ठ पत्रकार कुमार भट्टराईलाई ‘इन्टरनेसनल आइकन अवार्ड २०२६’ बाट सम्मानित

काठमाडौं । एक्सप्रेस टिभी न्युज नेपालका प्रबन्ध निर्देशक वरिष्ठ पत्रकार कुमार भट्टराई अन्तर्राष्ट्रिय अवार्ड बाट सम्मानित भएका...
थाहा नगरपालिका का उप नगरप्रमुख भरत गोपाली ले पाए अन्तररास्ट्रिय अवार्ड

थाहा नगरपालिका का उप नगरप्रमुख भरत गोपाली ले पाए अन्तररास्ट्रिय अवार्ड

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd Edition...
रास्वपाकी जेन–जी नेतृ गुञ्जन शाह ठकुरी क्यानको बोर्ड सदस्यमा मनोनीत

रास्वपाकी जेन–जी नेतृ गुञ्जन शाह ठकुरी क्यानको बोर्ड सदस्यमा मनोनीत

काठमाडौं । सरकारले गुञ्जन शाह ठकुरीलाई नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड सदस्यमा मनोनीत गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप...
नयाँ सरकार बने पनि नेपाली समाज बेचैन छ : गगन थापा

नयाँ सरकार बने पनि नेपाली समाज बेचैन छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ सरकार गठनपछि बाहिरबाट हेर्दा अवस्था सामान्य देखिए पनि समाजमा रहेको जनअसन्तुष...
प्रधानमन्त्री शाहको आग्रह

प्रधानमन्त्री शाहको आग्रह

प्रधानमन्त्री शाहको आग्रह : सांसदहरूले आफ्नो विज्ञता देश विकासमा लगाउनुपर्छ काठमाडौं । प्रधानमन्त्री Balendra Shahले प्रा...
दशैं–तिहारमा नयाँ नोट साट्न अब निश्चित मिति कुर्न नपर्ने

दशैं–तिहारमा नयाँ नोट साट्न अब निश्चित मिति कुर्न नपर्ने

दशैं–तिहारमा नयाँ नोट साट्न अब निश्चित मिति कुर्न नपर्ने काठमाडौं । यस वर्षको दशैं–तिहारलाई लक्षित गर्दै सर्वसाधारणका लागि नयाँ न...
सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...