आज देखि धनगढीमा प्रधानमन्त्री कप महिला कृकेट हुदै

धनगढी । धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा आज देखि प्रधानमन्त्री राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सञ्चालन हुदैछ ।

प्रतियोगितामा ७ प्रदेशका ७ वटा टोली र २ विभागिय टोलीले भाग लग्ने नेपाल क्रिकेट संघ क्यानका केन्द्रिय सदस्य धिरेन्द्र साउँदले बताए । उनका अनुसार उद्घाटन खेद सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश विच हुने छ ।

प्रतियोगिता अवलोकनका लागि निशुल्क मैदान प्रवेस गर्ने व्यवस्था गरिएको केन्द्रिय सदस्य साउँदले बताए ।
क्यानका प्रतियोगिता समन्वय संयोजक तेज प्रकाश भट्टका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद रु ५ लाख, द्धितीय पुरस्कार ३ लाख, म्यान अफ दी सिरिज खेलाडीलाई ५० हजार, उत्कृष्ट बल र ब्याट्सम्यानलाई २५–२५ हजार र प्लेयर अफदी म्याच खेलाडीलाई ३ हजार पुरस्कारको व्यवस्था गरिएको छ । लीग चरणमा हुने प्रतियोगिताका सञ्चालनका लागि दुई पोलमा टोली विभाजन गरिएको छ ।

पहिलो पोलमा एपिएफ, सुदूरपश्चिम, गण्डकी, कर्णाली र लम्बिनी गरी ५ वटा टोली समावेस छन् भने दोश्रो पोलमा कोशी, मधेश, बागमति र नेपाल आर्मी गरी ४ टोली समेटिएका संयोजक भट्टले बताए । लिगचरण सकिएपछि प्रत्यक पोलका दुई दुई टोली विच सुपर पोल हुने र माघ १२ गते फाइनल हुने छ ।

भट्टका अनुसार खेल सञ्चालन गर्दा फाप्लामा खानेपानी र शौचालयको समस्या हुने गरेको भएपनि यस बर्ष सो समस्या पनि समाधान गरिएको छ । प्रतियोगिता सञ्चालन पछि राष्ट्रिय क्रिकेटका लागि राम्रो खेलाडी छनौट गर्न सहज हुने अपेक्षा गरिएको छ । भट्टका अनुसार प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई यही माघ देखि काठमाडौंमा सञ्चालन हुने नेदरल्याण्ड्स, ओमन र नेपाल विचको त्रीकोणत्मक सिरिजमा मौका दिइने छ ।

साथै महिला क्रिकेट टीमलाई बलियो बनाउन पनि प्रतियोगिता कोसेढुंगा सावित हुने अपेक्षा गरिएको उनले बताए ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...