पोखरा भ्रमण वर्षको उद्घाटन गर्दा बेलुन पड्किएर अर्थमन्त्री र मेयर घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो

पोखरा। पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर आगो लाग्दा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन्।

शनिबारदेखि सुरू भएको भ्रमण वर्षको उद्घाटन बेलुन उडाएर गर्ने तय भएको थियो। त्यसका लागि अर्थमन्त्री पौडेल र मेयर आचार्य बेलुन उडाउन तयार हुँदै गर्दा अकास्मात बेलुन पड्किएको थियो।

हाइड्रोजन ग्यास भरिएको उक्त बेलुन पड्किँएर आगो लागेको थियो।

उद्घाटनका क्रममा भएको उक्त दुर्घटनामा परी मन्त्री पौडेल र मेयर आचार्य घाइते भएको अर्थमन्त्रीका स्वकीय सचिव यम पाण्डेले जानकारी दिए।

बेलुन पड्किएपछि तत्काल उपप्रधान एवं अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई गण्डकी अस्पताल लगिएको थियो।

गण्डकी अस्पतालबाट थप उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। पौडेललाई सिम्रीक एयरको हेलिकप्टरबाट काठमाण्डौ लगिएको हो।

घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता बसन्तकुमार शर्माले जानकारी दिए।

‘घटना कसरी भयो भन्ने अनुसन्धान हुँदैछ,’ उनले भने।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उपप्रधानमन्त्री पाैडेलकाे गर्धन र हातमा जलन भएको बताए।

‘उहाँको गर्धन र हातमा जलन भएकाे छ थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाएका छाैं,’ पाण्डेले भने।

अर्थमन्त्री पाैडेलले एआई जडित पानसमा बत्ती बालेर पाेखरा भ्रमण वर्ष २०२० लेखेकाे ब्यानर सार्वजनिक गर्ने तयारी गर्ने क्रममा दुर्घटना भएकाे हाे।

ब्यानर दुबै साइट बेलुन झुण्डाइएकाे थियाे। साेही क्रममा बेलुनमा आगो लाग्दा झिल्का उनीहरूलाई परेको थियो।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...