चलचित्र हेर्न जानुअघि यस्तो सर्त राख्छन् बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बेलाबेला चलचित्र हेर्न जान्छन् । बाक्लै संख्यामा चलचित्र हेर्न जाँदैनन् । तर, उनी चलचित्र हेर्न गएपछि समाचारको विषय बन्छ ।

तर, चलचित्र हेरेपछि उनको प्रतिक्रिया आउँदैन । सामान्यतः नेताहरू चलचित्र हेर्न गएपछि उनीहरू उक्त सिनेमाबारे प्रतिक्रिया दिन्छन्, जुन युट्युब तथा सञ्चारमाध्यममा आउँछ ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्री, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीलगायत नेता चलचित्र हेर्न गइरहन्छन् । उनीहरूको प्रतिक्रिया पनि सञ्चारमाध्यममा आउँछ । युट्युब र अनलाइन तथा छापामा चलचित्रबारे उनीहरूले बोलेको प्रतिक्रिया बाक्लै देखिन्छ ।

मेयर बालेन चलचित्र हेर्न गएको समाचार र तस्बिरमात्रै आउँछ । तर, प्रतिक्रिया आउँदैन । उनलाई चलचित्र राम्रो वा नराम्रो कस्तो लाग्यो कतै पनि पढ्न र सुन्न पाइँदैन ।

उनी पछिल्लोपटक हलमा गएर हेरेको चलचित्र हो, ‘लाज शरणम्’ । यस चलचित्रमा उनी आफैँले एउटा र्‍याप गाएका छन्, ‘नेपाल हाँसेको… ।’

रिलिजको एक हप्तापछि चलचित्र हेर्न गएका उनी छोटोमा केही बोले, तर ‘प्रोफेसनल क्यामेरा’मा होइन । त्यसमा पनि बालेन पूरै सिनेमाबारे बोल्दैनन् । चलचित्रभित्रको एउटा क्यारेक्टरमा मात्रै केन्द्रित भएर बोल्छन् ।

‘लाज शरणम्’मा सिताराम कट्टेल ‘धुर्मुस’ले निभाएको क्यारेक्टरबारे बालेन ‘डिटेलमा दिनुभयो’ भन्ने प्रतिक्रिया दिन्छन् । यो चलचित्रमा धुर्मुसले मोहम्मद अफताव आलमको गेटअपमा एक भारतीय व्यापारीको भूमिका निभाएका छन् । बालेनले त्यही चरित्रको तारिफ गर्छन् । तर, ‘लाज शरणम्’बारे राम्रो वा नराम्रो केही भनेनन् ।

बालेन आफूखुसी चलचित्र हेर्न जाँदैनन् । चिनेका निर्माता, निर्देशक र कालाकारको आग्रहमा मात्रै जान्छन् । जसको आग्रहलाई नकार्न सक्दैनन्, उसको चलचित्रमात्रै हेर्न जान्छन् ।

“उहाँलाई चलचित्र हेर्न लैजान त्यति सहज छैन । चिनेको व्यक्ति जसको आग्रहलाई नाइँ भन्न सक्नुहुन्न, यस्तो चलचित्रमात्रै हेर्न जानुहुन्छ,” बालेनलाई आफ्नो चलचित्र हेर्न लगेका एक निर्देशक भन्छन्, “पहिलो कुरा त उहाँ चलचित्र हेर्न जानै मान्नुहुन्न । दोस्रो, उहाँले पहिला नै मिडियामा नबोल्ने सर्त राख्नुहुन्छ ।”

ती निर्देशकका अनुसार, बालेन सुरुमै सञ्चारमाध्यम नबोलाउने र सुटुक्क सिनेमा हेरेर फर्किने सर्त राख्छन् । उक्त सर्त नमाने बालेन चलचित्र हेर्न जाँदैनन् ।

“मेयर (बालेन) सा’बलाई चलचित्र हेराउन लैजान सहज छैन । मिडिया बोलाउँदैनौँ, कुनै मिडिया आए पनि तपाईंसँग बोल्ने वातावरण बनाउँदैनौँ भनेर सुरुमै प्रतिबद्धता जनाउनुपर्छ,” बालेनलाई आफ्नो चलचित्र हेर्न लगेका एक निर्माता भन्छन्, “झुक्किएर पनि कुनै पनि मिडिया नपुगून् भनेर उहाँ सकेसम्म रातिमात्रै चलचित्र हेर्न जानुहुन्छ ।”

बालेनलाई चलचित्र हेराउन लैजानुको कारण उनले सामाजिक सञ्जालमा सिनेमाबारे सकारात्मक केही लेखिदिए भने हलमा दर्शक आउँछन् भन्ने रहेको ती निर्माताको भनाइ छ ।

सामाजिक सञ्जालमा ठूलो परिमाणमा फ्यान फलोइङ रहेकाले केही चलचित्र निर्देशक र निर्मातामा बालेनले राम्रो लेखिदिए उनका सक्रिय फ्यान तथा शुभेच्छुक सिनेमा हेर्न गइदिने विश्वास रहने गरेको ती निर्माता बताउँछन् ।

यद्यपि, बालेन चलचित्र हेर्न गए पनि उनी सामाजिक सञ्जालमा राम्रो वा नराम्रो भनेर स्टाटस लेख्दैनन् ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...