विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री ओलीविरुद्धको नारा डिस्प्ले भएपछि…

चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लेखिएको एक वाक्य डिस्प्ले भएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय भएकै दिन प्रधानमन्त्री ओलीविरुद्धको नारा डिस्प्ले भएको हो ।

यस विषयमा अनुसन्धान गरिरहेको नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले बताए । उनले अनलाइनखबरसँग भने, ‘यस्तो कसरी भयो भनेर सूचना प्रविधि विज्ञहरुसँग समेत सम्पर्क गरेर हामी अनुसन्धान गरिरहेका छौं ।’

स्रोतका अनुसार डिजिटल बोर्डमा के राख्ने/नराख्ने भन्ने पहुँच कार्यालय प्रमुखसँग हुन्छ । भरतपुर वितरण केन्द्रका प्रमुख श्रेष्ठले भने आफ्नो कार्यालयमा आफू र अर्का एक जना इन्जिनियर कर्मचारीसँग यसको पहुँच भएको बताए । तर प्रधानमन्त्रीविरुद्धको नारा कसले राख्यो भन्ने पत्ता नलागेको उनले बताए ।

‘त्यहाँ पासवर्ड डिफल्ट थियो, कसैले त्यसको मिसयुज गर्‍यो कि, ह्याक भयो कि के भयो पत्ता लागेको छैन, हामी अनुसन्धानकै क्रममा छौं’ श्रेष्ठले भने ।

कुलमान काठमाडौंबाट भरतपुर आउन लागेको सूचना पाएपछि भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठ स्वागतका भरतपुर विमानस्थल पुगेका थिए ।

विमानस्थलबाट कार्यालयमा फर्किएपछि दिउँसो १२ बजेदेखि करिब १ बजेसम्म डिजिटल बोर्डमा प्रधानमन्त्री ओलीविरु लेखिएको नारा डिस्प्ले भएको थियो । सेवाग्राही र कार्यालयका कर्मचारीहरुले त्यो नारा देखेर हटाउन भनेपछि कार्यालय प्रमुख श्रेष्ठले हटाएका थिए ।

कार्यालय प्रमुख श्रेष्ठले आफूले सो सूचना नराखेको र कसैले ह्याक गरेको हुन सक्ने बताए । ‘मैले त्यस्तो गर्ने कुरा नै आएन, कतैबाट त्यस्तो सूचना गएको जस्तो देखिन्छ, त्यो राम्रो हैन,’ श्रेष्ठले भने ।

 

 

 

 

छुटाउनुभयो कि ?

प्रधानमन्त्री शाहको आग्रह

प्रधानमन्त्री शाहको आग्रह

प्रधानमन्त्री शाहको आग्रह : सांसदहरूले आफ्नो विज्ञता देश विकासमा लगाउनुपर्छ काठमाडौं । प्रधानमन्त्री Balendra Shahले प्रा...
दशैं–तिहारमा नयाँ नोट साट्न अब निश्चित मिति कुर्न नपर्ने

दशैं–तिहारमा नयाँ नोट साट्न अब निश्चित मिति कुर्न नपर्ने

दशैं–तिहारमा नयाँ नोट साट्न अब निश्चित मिति कुर्न नपर्ने काठमाडौं । यस वर्षको दशैं–तिहारलाई लक्षित गर्दै सर्वसाधारणका लागि नयाँ न...
सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार

जनकपुरधाम । सिरहामा प्रहरीको घेराबन्दी तोडेर भागेको एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद भएको छ। प्रहरीले एम्बुलेन्स नियन्त्रणमा ल...
ऋषिपञ्चमीमा मनोरथ तीर्थधाममा सप्तऋषिको पूजा–आराधना गर्दै नारीहरू

ऋषिपञ्चमीमा मनोरथ तीर्थधाममा सप्तऋषिको पूजा–आराधना गर्दै नारीहरू

हिजो हरितालिका तीज पर्व मनाएपछि आज ऋषिपञ्चमीका अवसरमा टोखा नगरपालिका–११ स्थित ऐतिहासिक तथा प्रसिद्ध मनोरथ तीर्थ...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...