‘अपरेसन सिन्दुर’को जबाफमा पाकिस्तानले भारतविरूद्ध सुरू गर्‍यो ‘अपरेसन बनयान-उल-मर्सुस’

पाकिस्तानले भारतविरूद्ध जबाफी कारबाही सुरू भएको दाबी गरेको छ।

पाकिस्तानबाट प्रकाशित हुने पत्रिका डनका अनुसार पाकिस्तानले भारतले चलाएको ‘अपरेसन सिन्दुर’ को जबाफमा अपरेसन ‘बनयान उल मर्सुस’ चलाएको हो।

पाकिस्तानी सरकारको एक्स ह्याण्डलबाट पनि उक्त अपरेसन चलाइएको भनेर सार्वजनिक गरिएको छ।

यो अपरेसबाट भारतीय हमलाको जबाफस्वरूप उनीहरुको सैन्य अड्डामा हमला गरिने भनेर संघीय सरकारले विज्ञप्ति जारी गरेको पनि डनले उल्लेख गरेको छ।

यी कारबाहीहरू भारतले हाम्रो मातृभूमि, जनता र सार्वभौमसत्तामाथि आक्रमण गरेको जबाफमा गरिँदैछ भनेर सरकारले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको पनि पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्।

गएराति पाकिस्तानी वायु सेनाका तीन एयरबेसमा भारतले क्षेप्यास्र प्रहार गरेको पनि विज्ञप्तीमा उल्लेख छ।

डनले पाकिस्तानको सरकारी मिडियालाई उद्धृत गर्दै अपरेसन बन्यान उन मर्सुसबाट आक्रमण भएका भारतीय भूभागहरुको सूची नै सार्वजनिक गरेको छ।

उसले भारतको अदामपुरमा रहेको हवाइ प्रतिरक्षा प्रणाली एस-४०० लाई पाकिस्तानले जेएफ-१७ हाइपरसोनिक मिसाइलले नष्ट बनाएको दाबी गरेको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...