लैंगिक समानताका लागि पुरुष सहभागिता विषयक ५ दिने प्रशिक्षण सुरू

धनगढी। कैलालीको धनगढीमा आइतबार देखि लैंगिक समानताका लागि पुरुष सहभागिता विषयक ५ दिने प्रशिक्षक÷पशिक्षण तालिम सञ्चालन भएको छ ।
लैंगिक हिंसा न्यूनीकरण गर्न पुरुषको मानसिक सोच परिवर्तन गर्न आवश्यक देखिएकाले तालिम आयोजा गरिएको दलित महिला अधिकार मञ्च नेपालकी अध्यक्ष सावित्रा घिमिरेले बताइन् ।
तालिममा सहभागि पुरुषलाई सिकेको कुरा समुदायमा लागु गर्न घिमिरेले आग्रह गरेकिछन् । लैंगिक हिंसा न्यूनीकरणका लागि महिला मात्रै जागरुक भएर नपुग्ने बताउँदै उनले पुरुष पनि सो अभियानमा संगै हुनुपर्ने बताइन् ।
हिंसा न्यूनीकणका लागि पुरुषका भूमीका पनि अपरिहार्य हुने अध्यक्ष घिमिरेको भनाई छ ।
‘हिंसामा महिला संगै पुरुष पनि परेका हुन्छन्’ अध्यक्ष घिमिरेले भनिन्, ‘तर समाजमा सधै महिला माथीमात्रै हिंसा हुन्छ भन्ने सोच रहदै आएको छ, हिंसा अन्त्यका लागि पुरुषको सहभागिता र सोच परिवर्तन हुनुपनि जरुरी छ ।’
तालिम उद्घाटन गर्दैै कैलाली जिल्ला समन्वय समितिकी प्रमुख टीका भुल चौधरीले लैंगिक हिंसा अन्त्यका लागि महिलासंगै पुरुषको सहभागिता हुनु जरुरी रहेको बताइन् । हिंसामा महिला मात्र नभई पुरुष पनि पर्नेगरेको उनको भनाई छ ।
डिडब्लुआरएफले समाज परिवर्तनमा महत्वपूर्ण भूमीका निर्वाह गर्र्दै आएको भूलको भनाई छ । पितृ सत्तात्मक सोचका कारण अहिले पनि समाजमा ठुलो विभेद रहेको बताउँदै समन्वय प्रमुख भूलले भनिन्, ‘छोरानै चाहिन्छ भन्ने सोचका कारण महिला सारिरीक तथा मानसिक रोगको सिकार हुनुपर्नेअवस्था छ, छोरा नभएकै कारण धेरै महिला आत्महत्या गर्न बाध्य भइरहेका छन् ।’
दलित महिला अधिकार मञ्च नेपालको आयोजना तथा डिसिएको आर्थिक सहयोगमा सञ्चालन भएको तालिममा कैलारी गाउँपालिका र भजनी नगरपालिकाका ३० जना पुरुषको सहभागिता रहेको छ ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...