आकाश ताक्दै किसानः महोत्तरीमा ३५ प्रतिशतमात्र रोपाइँ

महोत्तरी । आज साउन दोस्रो साता लागिसकेको छ । लामो खडेरीले आतिएका यहाँका किसानले अझै आकाश ताक्न छाडेका छैनन् । आकासे पानीको भरमा रहेका किसान साउन दोस्रोसम्म वर्षा भएर रोपाइँ गर्न पाइन्छ कि भन्ने आशामा आकाश ताक्दै बसेका छन् । रोपाइँको समय घर्कंदै जाँदा पनि यहाँका किसान वर्षा भइहाले अलिअलि भए पनि रोपाइँ गर्न पाइन्थ्यो भन्ने आशमा बसेका हुन् ।

“मध्य साउनमा धानको रोपो लहलहाउनुपर्ने हो, हामी अझै पानी परे रोप्न पाइन्थ्यो कि भन्ने आशमा छौँ”, भङ्गाहा–१ का किसान रामकिसन मण्डलले भने । यसपालि धानको बीउ राख्ने, बीउ रोप गर्ने र खरुअन ९कलम, पहिलो रोपो गाँजिएपछि उखेलेर रोप्ने० रोपका परम्परागत तालिका पानी नपरेर त्यसै बितेका उनको भनाइ छ ।

मधेससहित महोत्तरीमा गत जेठ २२ भित्र बीउ राख्ने, असार २२ भित्र बीउ रोप सक्ने र साउन २२ गतेभित्र खरुअन रोपीसक्ने तालिका मानिन्छ । खरुअन बीउ अपूग हुँदा र बर्खे धान तथा अन्यबाली काटेर रोपाइँ गरिन्छ । यसपालि पानी नपर्दा यी तालिका सबै खल्बलिएका स्थानीय इस्राफिल राइनले बताए ।

पानी पर्ला र धान रोपौँला भन्ने आसैआसमा मध्य साउन बित्न लाग्दासम्म रोपाइँ हुन नसकेपछि किसान चिन्तित छन् । गत सोमबार एकछिन परेको पानीले ब्याडमा पहेँलिँदै गरेको बीउ र अघिको रोपो जगाए पनि नउाँ रोपाइँका लागि नभएको किसान बताउँछन् ।

जिल्लामा साउन दोस्रो सातासम्म ३५ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ । रोपिएको धान पनि सर्वसाधारणका लागि निकै खर्चिलो भएको बताइएको छ ।

‘आफ्नो खेतमा इनार/बोरिङ केही छैन । सबै भाडामा चलाउन पर्दा घरमा भएको अन्नपात सबै सकियो’, बर्दिबास–७ का किसान रितबहादुर खत्रीले भने, “यस वर्ष खाद्य सङ्कट हुने जोखिम छ, के खाएर जीविकोपार्जन गर्ने हो चिन्ता लाग्छ । पानी पर्लाकी भन्ने आशले आकाश ताक्दाताक्दै आँखा टट्टाएका उनको भनाइ छ ।

‘अब पानी पर्ला भनेर आकाश ताक्छौँ, पानी पर्दैन । चैत वैशाखको हुरहुरे बतास पो चल्दैछ’ खत्रीले भने, ‘पूर्वीया यो रुखो बतासले खेतबारीमा भाएको चिस्यान पनि रुख्याउँदैछ ।’

वीरक्तलाग्दो मौसमले कामको जाँगर सबै हराएको किसान बताउँछन् । असार २२ ताका सक्नुपर्ने बीउ रोप साउन दोस्रो सातासम्म नभएको किसानको दुखेसो छ । अब पानी परी हालेपनि बीउ अपुग भएर रोपाइँ बढ्ने स्थिति नरहेको किसानको निष्कर्ष छ । यसअघि रोपिएका धान पनि राम्ररी नगाजिँदा खरुअन हुने सम्भावना नदेखिएको किसान खत्रीले बताए ।

यसपालि मधेस खडेरीको सङ्कटमा छ । सरकारले तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । मधेसमा हालसम्म करिब ५० प्रतिशत पनि रोपाइँ भएको छैन भने महोत्तरीको करिब ३५ प्रतिशत छ ।

महोत्तरीमा कूल ७१ हजार हेक्टर खेतीयोग्य जग्गा भएमध्ये ४२ हजार ५०० हेक्टरमा धानखेती गर्न मिल्ने जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख एवं वरिष्ठ कृषि अधिकृत देवानन्द यादवले जानकारी दिए। उनका अनुसार यहाँ १० प्रतिशत जग्गामा मात्र स्थायी सिँचाइ (कुलो, नहर) को व्यवस्था हुँदा अधिकांश खेती आकासे पानीमा निर्भर छ ।

पछिल्ला केही वर्षयता वैकल्पिक सिँचाइका प्रबन्धका लागि इनार, डिपबोरिङ र स्यालोट्युबबेल जडान गरिएकाले थप १० प्रतिशत जग्गामा सिँचाइ सुविधा पुगेको यादवले बताए । यसपालि लामो समयसम्म परेको खडेरीले कुलो, नहरका पानीका मूहान तथा इनार, बोरिङ पनि धमाधम सुक्दै जाँदा सङ्कट चुलिँदै गएको उनको भनाइ छ । पानीको हाहाकारका बीच किसानले भूमिगत सिँचाइका स्रोतबाट ३५ प्रतिशत रोपाइँ सकेका उनले जानकारी दिए ।

न्यूनतम स्रोतसाधन र सुविधा नहुँदा कहिल्यै समयमा खेती लगाउन नपाएको किसानको गुनासो छ । सिँचाइ, मल, बीउ र समयसमयमा प्राविधिक सल्लाहको सुनिश्चितता भए सहज रूपमा खेती गर्न सकिने किसान बताउँछन् । तीनै तहका सरकारले यसतर्फ समन्वयात्मक पहलकदमी लिएनुपर्नेमा उहाँलेहरूले जोड दिए ।

छुटाउनुभयो कि ?

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

काठमाडौंको शोभा भगवती मन्दिरमाथिको डाँडामा अवस्थित बिजेश्वरी योगिनी मन्दिर धार्मिक आस्था, तान्त्रिक परम्परा र ऐतिहासिक महत्वका क...
जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

शोभा भगवती मन्दिर उपत्यकाको प्राचीन तथा प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ। वर्षभरि दर्शनार्थीको घुइँचो लाग्ने यस मन्दिरमा विशे...
सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सुर्खेत। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर...
अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

राजावादी आन्दोलनको घोषणा गरेपछि पक्राउ परेका दुर्गा प्रसाईं एक दिनमै रिहा भएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ...
दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

खलङ्गा (दार्चुला) — दार्चुलाको व्यास गाउँपालिका–२, काठादुम्लिङमा श्रमदानमार्फत निर्माण गरिएको ७२ मिटर लामो झोलुङ...
टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

काठमाडौं, टोखा। टोखा नगरपालिका–१० स्थित मनोहर माध्यमिक विद्यालय परिसरमा टोखा बक्सिङ क्लबको औपचारिक तथा भव्य उद्घाटन कार्यक्रम ...
बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

काठमाडौं। सवारी नियम उल्लंघन गर्दै बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट...
सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

काठमाडौं। आफ्ना मागको सम्बोधनका लागि सिंहदरबार घेराउ गर्न माइतीघरबाट अघि बढेका दृष्टिविहीन प्रदर्शनकारीलाई प्रहरीले बीचबाटोमै ...