ठेकेदारको लापर्वाहीले नागरिकलाई सास्ती

धनगढी । ठेक्का भएको आठ वर्षसम्म पुल नबन्दा स्थानीयसहित आवतजावत गर्नेलाई सास्ती भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१७, शिवगङ्गा नदीमा पुल नबन्दा सास्ती भोग्नु परेको हो ।

पथरीस्थित सो नदीमा पुल निर्माणका लागि आठ वर्ष अगाडि नै ठेक्का लगाइएको थियो । तर ठेक्का लागेको दशक पुग्न लागे पनि निर्माण कम्पनी पप्पु एडभेञ्चर जेभीले अहिलेसम्म पुलको फाउन्डेसनसमेत तयार पार्न सकेको छैन । पुल नबन्दा वर्षातको समयमा आवतजावत गर्नेलाई सास्ती भोग्नु परिरहेको छ । पुल निर्माणलाई ठेकेदारले वास्ता नगरेको स्थानीय राकेश चौधरीले बताए । ‘आठ वर्षसम्म ठेकेदारले पुल निर्माणका लागि खाल्डो खन्ने काममात्रै गरेको भन्दै उनले भने, ‘त्यो खाल्डो पनि पुरिएको छ, ठेकेदारलाई वास्तै छैन ।’

शिवगङ्गा नदी पुल निर्माणका लागि २०७४ असार २७ गते ठेक्का भएको थियो । २०७७ असार २५ गतेभित्र पुल निर्माण गरिसक्नु पर्ने थियो । तर, अहिलेसम्म फाउन्डेसनसमेत तयार भएको छैन । सँगै ठेक्का भएको सोही वडास्थित खुटिया नदी पुल निर्माणको काम चार वर्ष अगाडि नै सम्पन्न भइसकेको छ । पुल बन्ने स्थानमा हाल कुनै पनि काम नदेखिए पनि निर्माण कम्पनीले ३० प्रतिशत काम पूरा गरेको भन्दै तीन करोड १३ लाख ७२ हजार रुपियाँ भुक्तानी लिइसकेको छ । कुल १४ करोड २६ लाख रुपियाँमा ठेक्का सम्झौता भएको पुल १६० मिटर लामो बन्ने जनाइएको छ । संघिय सरकारको लगानीमा बन्ने पुलको फाउन्डेसन यसअघि बनाएको निर्माण कम्पनीले दाबी गर्ने गरेको छ । तर, अहिले फाउन्डेसन नै नभेटिएकाले निर्माण कम्पनीसंग पुलको अर्को डिजाइन माग गरेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख राजेशकुमार यादवले बताए । ‘त्यो ठाउँमा फाउन्डेसन नै भेटिएन,’ उनले भने, ‘त्यसैले त्यस ठाउँमा अब पुल बन्न नसक्ने भन्दै हामीले २५, ५० मिटर दूरीमा अन्यत्र पुल निर्माणका लागि नयाँ डिजाइन माग गरेका छौं ।’

ठेकेदार चन्द्रशेखर मल्लले भने साविककै स्थानमा पुल बनाउन पाउनु पर्ने माग गर्दै मुद्दामामिला गर्न खोजिरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । ‘ठेकेदारले मुद्दामामिला गर्न खोजे पनि पहिलेको डिजाइनमा अब पुल बन्दैन,’ प्रमुख यादवले भने, ‘यदि, नयाँ डिजाइन दिइएन भने त्यो कम्पनीसँग ठेक्का सम्झौता तोडेर फेरि अर्को ठेक्का आह्वान गर्छौं ।’ कैलालीको प्रसिद्ध धार्मिक स्थल बेहडाबाबा मन्दिर जाने बाटोमा पर्ने सो नदीमा पुल नबन्दा स्थानीयसहित तीर्थ यात्रीहरूले सास्ती खेप्दै आएका छन् । सो बाटो भएर वडा नम्बर १६ को रामपुर, घसिटा लगायत विभिन्न गाउँका स्थानीयले ओहोरदोहोर गर्ने गरेका छन् ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...