
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झापा–५ का उम्मेदवार बालेन्द्र साहलाई निर्वाचन आयोगले दोस्रोपटक स्पष्टीकरण सोधेको छ।
आयोगका अनुसार, साहको निर्वाचन प्रचारप्रसारका क्रममा सादा पोसाकमा रहेका प्रहरीहरूलाई भोट माग्दै गरेको आशयको श्रव्य–दृश्य सामग्री प्राप्त भएपछि आइतबार उनलाई स्पष्टीकरणका लागि बोलाइएको हो।
त्यस्तै, प्रचारको क्रममा साहकी श्रीमतीसँग सादा पोसाकका प्रहरीहरू खटिएको विषयमा पनि आयोगले विस्तृत र स्पष्ट जवाफ मागेको छ।
निर्वाचन आचारसंहिता उल्लंघन भएको आशंकामा आयोगले साहलाई तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको जनाएको छ।