साफ यू–१९ महिला च्याम्पियनसिप: नेपालले भुटानलाई २–१ ले हरायो

पोखरा । पोखरामा जारी साफ यू–१९ महिला च्याम्पियनसिपअन्तर्गत सोमबार सम्पन्न खेलमा नेपालले भुटानलाई २–१ गोल अन्तरले पराजित गरेको छ। पोखरा रंगशालामा भएको उक्त खेलमा नेपालले प्रभावशाली प्रदर्शन गर्दै महत्वपूर्ण जित दर्ता गर्यो।

नेपालको जितमा संगिता बडुवाल र प्रजिता राईले एक–एक गोल गरे। संगिताले खेलको ३६औँ मिनेटमा गोल गर्दै नेपाललाई पहिलो हाफमै अग्रता दिलाएकी थिइन्। दोस्रो हाफमा ७०औँ मिनेटमा प्रजिताले गोल गर्दै नेपालको अग्रता २–० बनाइन्।

भुटानले खेलको ८७औँ मिनेटमा एक गोल फर्काउँदै खेलमा फर्किने प्रयास गरे पनि नेपालले अन्तिम समयसम्म अग्रता जोगाउँदै जित सुरक्षित गर्यो। यस जितसँगै नेपालले प्रतियोगितामा आफ्नो फाइनल सम्भावना कायमै राखेको छ। नेपालले अब आफ्नो अन्तिम लिग खेल बुधबार बंगलादेशविरुद्ध खेल्नेछ।

यसैदिन भएको अर्को खेलमा साविक विजेता बंगलादेशले भारतलाई २–० ले पराजित गर्दै फाइनल नजिक पुगेको छ। बंगलादेशको जितमा अर्पिता विश्वास र अल्पी अख्तरले एक–एक गोल गरे। खेलको २९औँ मिनेटमा अर्पिताले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् भने ४०औँ मिनेटमा अख्तरले दोस्रो गोल थपिन्।

लगातार दोस्रो जितसँगै बंगलादेशले २ खेलबाट ६ अंक जोडेको छ। पहिलो हार बेहोरेको भारतको समान खेलबाट ३ अंक रहेको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...