भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, तीन नेपालीसहित १० जना पक्राउ

काठमाडौं । सीमापार भारतीय भूमिमा सञ्चालन भइरहेको नेपाली नक्कली नोट छाप्ने अत्याधुनिक कारखानामा छापा मारिएको छ। भारतमा नक्कली नोट छपाई गरी नेपालमा पैठारी गर्ने कार्यमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका तीन नेपाली नागरिकसहित १० जनालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका छन्।

भारतीय प्रहरीका अनुसार बिहार राज्यको सीतामढी जिल्लाअन्तर्गत मेजरगञ्ज क्षेत्रमा पूर्वी चम्पारण प्रहरी र **स्पेशल टास्क फोर्स (एसटीएफ)**को संयुक्त कारबाहीमा नक्कली नोट छाप्ने कारखाना फेला पारेर नष्ट गरिएको हो।

छापाका क्रममा प्रहरीले करिब २५ लाख रुपैयाँ बराबरका नेपाली नक्कली नोट, १ लाख ४० हजार सक्कली नेपाली रुपैयाँ, १ हजार ८५० नक्कली भारतीय नोट, हाइटेक प्रिन्टिङ मेसिन, नोट छाप्न प्रयोग हुने २२ बण्डल विशेष कागज, रसायन तथा अन्य सामग्री बरामद गरेको बिहार प्रहरीले जनाएको छ। नक्कली नोट ओसारपसारमा प्रयोग हुने तीन वटा मोटरसाइकल र एक कार समेत नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका व्यक्तिहरूलाई हिरासतमा राखेर विस्तृत सोधपुछ भइरहेको र गिरोहका अन्य सदस्य तथा मुख्य योजनाकारको पहिचान खुलाउने काम तीव्र बनाइएको भारतीय सुरक्षा स्रोतले जनाएको छ। पक्राउ परेकाहरूको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन।

प्रारम्भिक अनुसन्धानका अनुसार उक्त गिरोहले खुला नेपाल–भारत सिमानाको फाइदा उठाउँदै निर्वाचनको समयलाई लक्षित गरी नेपालमा नक्कली नोट तस्करी गर्ने योजना बनाएको देखिएको छ। आसन्न प्रतिनिधि सभा निर्वाचनमा पैसाको चलखेलमार्फत प्रभाव पार्ने उद्देश्यले नक्कली नोट छपाइ गरिएको हुन सक्ने आशंका गरिएको छ।

निर्वाचन जस्तो संवेदनशील समयमा आर्थिक अराजकता सिर्जना गर्ने र राजनीतिक गतिविधिमा हस्तक्षेप गर्ने नियोजित प्रयास हुन सक्ने भारतीय प्रहरीको निष्कर्ष छ। यस कारण नक्कली नोटको कारोबारलाई राष्ट्रिय सुरक्षा, आर्थिक स्थायित्व र निर्वाचन प्रक्रियामाथिको गम्भीर खतराका रूपमा लिँदै घटनालाई उच्च प्राथमिकतामा राखिएको जनाइएको छ।

यसैबीच, मधेश प्रदेशका सर्लाही, महोत्तरी र रौतहटलगायत सीमावर्ती क्षेत्रबाट पुरुष, महिला र बालबालिकासमेत प्रयोग गरी नक्कली नेपाली तथा भारतीय नोट नेपालतर्फ तस्करी गर्ने गतिविधि बढ्दै गएको बताइएको छ। यसले नेपाली सुरक्षाकर्मीलाई सीमामा निगरानी र चेकजाँच कडा बनाउन थप चुनौती थपिएको छ।

नक्कली नोट तस्करीलाई पर्याप्त प्राथमिकता नदिँदा यस्ता आपराधिक गतिविधि नियन्त्रण र अनुगमन गर्न कठिनाइ बढ्दै गएको सुरक्षासम्बन्धी जानकारहरूको भनाइ छ।

छुटाउनुभयो कि ?

राति १२ बजे विशेष पूजा हुने शक्तिशाली बज्रबाराही मन्दिर, प्रत्येक तीन वर्षमा लाग्छ भव्य जात्रा

राति १२ बजे विशेष पूजा हुने शक्तिशाली बज्रबाराही मन्दिर, प्रत्येक तीन वर्षमा लाग्छ भव्य जात्रा

मकवानपुर। बागमती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको थाहा नगरपालिका टिस्टुङ–पालुङमा अवस्थित बज्रबाराही मन्दिर नेपालका प्राचीन तथा...
मोक्ष प्राप्ति को लागि अब इन्डिया जानु पर्दैन , थाहा मा १०८ शंख को धारा उद्घाटन

मोक्ष प्राप्ति को लागि अब इन्डिया जानु पर्दैन , थाहा मा १०८ शंख को धारा उद्घाटन

मकवानपुर। बागमती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको थाहा नगरपालिका–३, पालुङस्थित निर्माणाधीन मोक्षधाममा स्थापना गरिएको १०८ शंखधा...
पवित्र १००८ शालिग्राम भगवानको दर्शन, किन गरिँदैन प्राणप्रतिष्ठा ?

पवित्र १००८ शालिग्राम भगवानको दर्शन, किन गरिँदैन प्राणप्रतिष्ठा ?

काठमाडौं। हिन्दू धर्ममा १००८ शालिग्राम भगवानलाई भगवान विष्णुको साक्षात् स्वरूपका रूपमा पूजा गरिन्छ। धार्मिक विश्वासअनुसार श्रद...
केदारनाथ जान नसक्ने भक्तजनका लागि डोलेश्वर महादेव

केदारनाथ जान नसक्ने भक्तजनका लागि डोलेश्वर महादेव

भक्तपुर। भारतको उत्तराखण्डस्थित प्रसिद्ध केदारनाथ धाम पुग्न सबै भक्तजनका लागि सम्भव नहुने भएकाले नेपालकै ऐतिहासिक तथा धार्मिक मह...
नयाँ सरकारको १०० दिनमा ८९ हजार मेट्रिकटनभन्दा बढी रासायनिक मल वितरण

नयाँ सरकारको १०० दिनमा ८९ हजार मेट्रिकटनभन्दा बढी रासायनिक मल वितरण

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेको पहिलो १०० दिनमा ८९ हजार १९४ दशमलव ५५ मेट्रिकटन अनुदानित रासाय...
केप भर्डेमाथि अतिरिक्त समयमा संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना अन्तिम १६ मा

केप भर्डेमाथि अतिरिक्त समयमा संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना अन्तिम १६ मा

काठमाडौं। फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत अर्जेन्टिनाले केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै अन्तिम १६ मा ...
बैतडीमा यात्रुवाहक बस दुर्घटना, सडकबाट करिब ६० मिटर तल खस्यो

बैतडीमा यात्रुवाहक बस दुर्घटना, सडकबाट करिब ६० मिटर तल खस्यो

बैतडी। बैतडीमा यात्रुवाहक बस दुर्घटनामा परेको छ। दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ गैराखान क्षेत्रमा धनगढीबाट बैतडी ...
सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालन, कर्मचारीले कार्यस्थलमै स्वास्थ्य सेवा पाउने

सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालन, कर्मचारीले कार्यस्थलमै स्वास्थ्य सेवा पाउने

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबारमा आजदेखि निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ। ...