पोखरिया बजारमा जनमत पार्टीको क्षेत्रीय जनसम्पर्क कार्यालय उद्घाटन

पोखरिया बजारमा जनमत पार्टीको क्षेत्रीय जनसम्पर्क कार्यालय उद्घाटन

पर्सा, २१ माघ । जनमत पार्टी पर्सा क्षेत्र नम्बर–३ को क्षेत्रीय जनसम्पर्क कार्यालय पोखरिया बजारमा उद्घाटन गरिएको छ। जनतासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको उक्त कार्यालयको उद्घाटन आज आयोजित कार्यक्रममा गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि जनमत पार्टी पर्साका जिल्ला इन्चार्ज माधव सिंह तथा विशिष्ट अतिथि ओमप्रकाश श्राफले संयुक्त रूपमा रिबन काटेर कार्यालयको उद्घाटन गरेका थिए।

सो अवसरमा जनमत पार्टीकी केन्द्रीय सदस्य तथा पर्सा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदकी प्रत्याशी मालती कुशवाहाले जनताको समस्या, भावना र आवश्यकतालाई नजिकबाट बुझ्न तथा सहज रूपमा सम्पर्क कायम गर्न कार्यालय स्थापना गरिएको बताइन्। उनले जनताको सेवामा समर्पित हुँदै क्षेत्रका विकास र समृद्धिका लागि पार्टी प्रतिबद्ध रहेको पनि उल्लेख गरिन्।

उद्घाटन कार्यक्रममा जनमत पार्टीकी केन्द्रीय सदस्य अनिता रौनियार, रम्भा मिश्रा, पर्यवेक्षक इन्जिनियर राजुराज गिरी, अमरनाथ सिंह राठौरलगायत विभिन्न पालिकाका अध्यक्ष, पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

जनमत पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै क्षेत्रीय स्तरमा संगठन विस्तार तथा जनसम्पर्क सुदृढ गर्ने अभियानलाई तीव्रता दिएको जनाएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...