
काठमाडौँबाट ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–पोल्थली रगनीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मन्थली नजिक सेलेघाट क्षेत्रबाट तामाकोसी नदीमा खसेको दुःखद खबर प्राप्त भएको छ।
उक्त घटनापछि सुरक्षाकर्मी र स्थानीयवासीको सक्रियतामा उद्धार तथा राहत कार्य तीव्र रूपमा अघि बढाइएको छ। घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सम्बन्धित निकायलाई उद्धार कार्य अझ प्रभावकारी बनाउन आग्रह गरिएको छ।
बसमा सवार सबै यात्रुको सकुशल उद्धार होस् भन्ने कामनासहित घटनाको थप विवरण आउन बाँकी छ।