इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी प्रयोग नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले सवारीसाधनमा अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट बनाउने र जडान गर्ने कार्य तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले माघ २५ गते सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।

अदालतले अंग्रेजी भाषामा नम्बर प्लेट जडान गर्ने निर्णय संविधान तथा प्रचलित कानुनी व्यवस्थासँग मेल नखाने देखिएको भन्दै सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२)(क) अनुसार कार्यान्वयन नगर्न आदेश दिएको जनाएको छ।

यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विषयगत समितिको निर्णयका आधारमा यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सूचना जारी गरेको थियो। सोही निर्णयविरुद्ध अधिवक्ता रामबहादुर राउतसहितले सर्वोच्चमा रिट दायर गरेका थिए।

रिट निवेदकले संविधानको धारा ७ अनुसार सरकारी कामकाजको भाषा देवनागरी लिपिमा लेखिने नेपाली भाषा हुने व्यवस्था रहेको भन्दै अंग्रेजी भाषामा नम्बर प्लेट अनिवार्य गर्नु संविधानविपरीत भएको दाबी गरेका छन्।

हाल सर्वोच्चको अन्तरिम आदेशसँगै अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कार्य रोकिएको छ भने यस विषयमा अन्तिम निर्णय भने अदालतको पूर्ण सुनुवाइपछि आउनेछ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...