विश्व रेडियो दिवस आज : सञ्चार र समाज परिवर्तनमा रेडियोको ऐतिहासिक भूमिका

आज फेब्रुअरी १३ अर्थात् विश्व रेडियो दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सञ्चारको क्षेत्रमा रेडियोले पुर्‍याएको योगदान र समाजमा ल्याएको सकारात्मक परिवर्तनको सम्मानस्वरूप यो दिवस मनाउने गरिन्छ। प्रभावकारी, सस्तो र पहुँचयोग्य सञ्चार माध्यमका रूपमा रेडियोले जनमानसमा सूचना प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

रेडियोको इतिहास सन् १८९४ मा इटालीका वैज्ञानिक गुग्लिएल्मो मार्कोनीले रेडियो प्रविधिको विकास गरेसँगै सुरु भएको मानिन्छ। तारविहीन रूपमा आवाज एक स्थानबाट अर्को स्थानमा पुर्‍याउन सकिने यो आविष्कारले सञ्चार क्षेत्रमा ठूलो क्रान्ति ल्यायो। त्यसयता रेडियो प्रविधिमा निरन्तर विकास हुँदै आज एफएम, डिजिटल रेडियो र पोडकास्टसम्म विस्तार भएको छ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (UNESCO) ले सन् २०११ मा रेडियोको योगदानको सम्मान गर्दै फेब्रुअरी १३ लाई विश्व रेडियो दिवसका रूपमा मनाउने घोषणा गरेको हो।

नेपालमा पनि रेडियोको विशेष स्थान छ। रेडियो नेपालबाट प्रसारित विभिन्न लोकप्रिय कार्यक्रमहरू, समाचार र सन्देशहरूले नेपाली समाजमा गहिरो प्रभाव पारेका छन्। विशेषगरी विसं २०७२ को महाभूकम्पका बेला अन्य सञ्चार माध्यम प्रभावित हुँदा रेडियोले सूचना प्रवाह, उद्धार समन्वय र जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको थियो।

नेपाली राजनीतिक परिवर्तन र आन्दोलनका विभिन्न चरणहरूमा पनि रेडियो प्रभावकारी माध्यमका रूपमा स्थापित भएको छ। शर्टवेभ, मिडियमवेभ हुँदै एफएम र हाल पोडकास्टसम्मको यात्राले रेडियोको निरन्तर विकास र यसको स्थायी महत्त्वलाई पुष्टि गरेको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...