ओली निरन्तर आफ्नै निर्वाचन क्षेत्रमा सक्रिय, आज फेरि झापा जाँदै

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित भई मतदातासँग प्रत्यक्ष भेटघाटमा जुटेका छन्। यसअघि ओली मुख्यतः आमसभा र सिमित कार्यक्रममा मात्र देखा पर्दथे, तर हाल उनी घर–घर पुगेर मतदातासँग संवाद गर्ने कार्यमा सक्रिय देखिएका छन्। विश्लेषकहरूका अनुसार यो कदम केवल चुनावी रणनीति नभई राजनीतिक दबाब र आफ्नै क्षेत्रमा देखा परेका केही चुनौतीसँग पनि सम्बन्धित हुन सक्छ।

गत माघ २३ गते झापा आएर सात दिनमा करिब ८० वटा गाउँ भ्रमण गरेका ओली आज पुनः झापा भ्रमणमा लाग्ने कार्यक्रम छ। उनी बिहान १०:२० बजे काठमाडौंबाट भद्रपुर विमानस्थल अवतरण गरी निर्वाचन क्षेत्रमा जानेछन्।

आइतबार अध्यक्ष ओली शिक्षक भेला, धिमाल जाति समुदायको भेला र मुस्लिम समुदायसँगको भेलामा सहभागी हुनेछन्। त्यसपछि दमक–२ स्थित अस्थायी निवासमा क्षेत्रीय कार्यकर्ता र आम नागरिकसँग प्रत्यक्ष भेटघाट कार्यक्रम रहने नेकपा एमाले झापा सचिव तुलसी कार्कीले जानकारी दिए।

एमाले झापा–५ का चुनावी कमाण्डर तथा पार्टी केन्द्रीय सदस्य देवेन्द्र दाहालका अनुसार ओली फागुन ६ गतेसम्म झापामै रहनेछन्। यस अवधिमा दमक क्षेत्रका विभिन्न गाउँ र टोलमा घरदैलो कार्यक्रम गरी प्रत्यक्ष मतदाता भेटघाट गर्ने कार्यतालिका तयार गरिएको छ। हरेक दिन कम्तीमा ६–७ स्थानमा कार्यक्रम सञ्चालन हुने गरी रुट मिलाइएको छ।

छुटाउनुभयो कि ?

अब ‘खोज तथा पुनःप्राप्ति’ अभियानमा सरकार

अब ‘खोज तथा पुनःप्राप्ति’ अभियानमा सरकार

रसुवा–भोटेकोशी बाढी : अब ‘खोज तथा पुनःप्राप्ति’ अभियानमा सरकार काठमाडौँ । रसुवा–भोटेकोशी बाढीपछि सरकारले नियमित उद्धारको सट्टा खो...
प्रधानमन्त्री शाहको आग्रह

प्रधानमन्त्री शाहको आग्रह

प्रधानमन्त्री शाहको आग्रह : सांसदहरूले आफ्नो विज्ञता देश विकासमा लगाउनुपर्छ काठमाडौं । प्रधानमन्त्री Balendra Shahले प्रा...
दशैं–तिहारमा नयाँ नोट साट्न अब निश्चित मिति कुर्न नपर्ने

दशैं–तिहारमा नयाँ नोट साट्न अब निश्चित मिति कुर्न नपर्ने

दशैं–तिहारमा नयाँ नोट साट्न अब निश्चित मिति कुर्न नपर्ने काठमाडौं । यस वर्षको दशैं–तिहारलाई लक्षित गर्दै सर्वसाधारणका लागि नयाँ न...
सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
अशोक दर्जीको शालीन प्रतिक्रिया : ‘टंक दाइ’ मेरो कर्म दिने बुवा हुनुहुन्छ, उहाँलाई केही भन्ने अधिकार छ

अशोक दर्जीको शालीन प्रतिक्रिया : ‘टंक दाइ’ मेरो कर्म दिने बुवा हुनुहुन्छ, उहाँलाई केही भन्ने अधिकार छ

काठमाडौं । संगीतकार टंक बुढाथोकीले हिजो सार्वजनिक रूपमा व्यक्त गरेका भनाइलाई लिएर गायक अशोक दर्जीले आफ्नो धारणा सार्वजनिक गरेका ...
सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार

जनकपुरधाम । सिरहामा प्रहरीको घेराबन्दी तोडेर भागेको एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद भएको छ। प्रहरीले एम्बुलेन्स नियन्त्रणमा ल...
ऋषिपञ्चमीमा मनोरथ तीर्थधाममा सप्तऋषिको पूजा–आराधना गर्दै नारीहरू

ऋषिपञ्चमीमा मनोरथ तीर्थधाममा सप्तऋषिको पूजा–आराधना गर्दै नारीहरू

हिजो हरितालिका तीज पर्व मनाएपछि आज ऋषिपञ्चमीका अवसरमा टोखा नगरपालिका–११ स्थित ऐतिहासिक तथा प्रसिद्ध मनोरथ तीर्थ...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...