
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागू हुने गरी इन्धनको नयाँ मूल्य समायोजन गरेको जनाएको छ ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले वृद्धि गरिएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाइएको छ ।
नयाँ मूल्यसूची लागू भएसँगै देशभरका पेट्रोल पम्पहरूमा समायोजित दरअनुसार इन्धन बिक्री वितरण सुरु गरिएको निगमले जनाएको छ ।