सबैया साझेदारी वन उपभोक्ता समूहको सदस्य निर्वाचन सम्पन्न, कार्यसमिति पूर्ण

रामजी यादव, वीरगंज, ३ फागुन।
सबैया साझेदारी वन उपभोक्ता समूहअन्तर्गत खुल्ला तथा मधेसी तर्फका सदस्यहरूको निर्वाचन आज सम्पन्न भएको छ। उक्त निर्वाचनमार्फत खुल्ला तर्फ सात जना र मधेसी तर्फ एक जना सदस्य चयन भएका हुन्।

निर्वाचन परिणामअनुसार खुल्ला तर्फ सदस्यमा जगत नारायण यादवले ८१ मत, भैयाराम प्रसादले ७२ मत, रामअयोध्या राउत अहिरले ६३ मत, श्रवण साहले ४९ मत, राजिव कुमार सोनारले ४९ मत, सुरेश कुमारले ४१ मत तथा सुरज कुमार कुर्मीले ४१ मत प्राप्त गरी विजयी भएका छन्। त्यस्तै, मधेसी तर्फ मणिभूषण तिवारीले १२६ मत प्राप्त गर्दै विजयी भएको निर्वाचन अधिकृत रामनारायण कुर्मीले जानकारी दिनुभयो।

खुल्ला सदस्यतर्फ सात पदका लागि ४० जनाको उम्मेदवारी परेको थियो भने मधेसी सदस्यतर्फ एक पदका लागि दुई जनाको उम्मेदवारी परेको थियो। यसअघि दलित, आदिवासी जनजाति तथा महिला तर्फका सदस्यहरू सहमतिमा गोला प्रथाबाट चयन गरिएका थिए। तर खुल्ला र मधेसी सदस्यका लागि पनि गोला प्रथा अपनाउने प्रयास गर्दा एक पक्षले विरोध गर्दै विवाद सिर्जना गरेपछि निर्वाचन स्थगित गरिएको थियो। सोही निर्वाचन आज सम्पन्न गरिएको हो।

यसअघि सर्वसम्मत रूपमा अध्यक्षमा लखनलाल साह, उपाध्यक्षमा असलम आलम तथा सदस्यमा शेषनेसार अहमद चयन भइसकेका छन्। त्यस्तै, गोला प्रथाबाट महिला तर्फ सखिना अन्सारी, गीता देवी र रिना देवी कलवार, आदिवासी जनजाति तर्फ राधिका भक्त लामा तथा दलित तर्फ प्रियका माझी चयन भएका थिए।

आजको निर्वाचन सम्पन्न भएसँगै सबैया साझेदारी वन उपभोक्ता समूहको कार्यसमिति पूर्ण भएको डिभिजन वन कार्यालय पर्साका वन अधिकृत मन्जुर अहमदले जानकारी दिनुभयो।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...