बागेश्वर धाम मा महाशिवरात्रिमा ३०० कन्याको सामूहिक विवाह, १६८० कन्याका ‘धर्मपिता’ बने धीरेन्द्र कृष्ण शास्त्री

महाशिवरात्रिको पावन अवसरमा भारतको मध्यप्रदेशस्थित बागेश्वर धाममा भव्य सामूहिक कन्या विवाह कार्यक्रम सम्पन्न भएको छ। यस वर्ष करिब ३०० गरिब तथा असहाय कन्याहरूको वैदिक विधिअनुसार विवाह सम्पन्न गरिएको बागेश्वर धामका शिष्य कन्हैया पटेलले जानकारी दिएका छन्।

मन्दिरमा भक्तजनहरूले चढाएको दानपेटीबाट संकलित रकममार्फत हरेक वर्षजस्तै यस वर्ष पनि आर्थिक रूपमा विपन्न परिवारका छोरीहरूको विवाह गराइएको हो। कार्यक्रममा नेपालबाट एक कन्या समेत छनोट गरिएको बताइएको छ।

यो सामूहिक विवाह कार्यक्रम सातौँ संस्करणका रूपमा आयोजना गरिएको हो। करिब दुई महिनासम्म फारम संकलन गरी घर–घर पुगेर छनोट प्रक्रिया अघि बढाइएको थियो। ४० सदस्यीय टोलीले करिब ३० हजार किलोमिटर यात्रा गर्दै दुई महिनासम्म खटिएर ३०० कन्याको अन्तिम छनोट गरेको जनाइएको छ। तीमध्ये १०८ आदिवासी समुदायका कन्याहरू समावेश छन्।

बागेश्वर धामका पिठाधीश्वर धीरेन्द्र कृष्ण शास्त्रीले कन्याहरूका ‘धर्मपिता’को भूमिका निर्वाह गर्दै विवाहमा आवश्यक सम्पूर्ण घरायसी सामग्री, सुन–चाँदीका गरगहना तथा प्रति जोडी ३० हजार भारतीय रुपैयाँ आशीर्वादस्वरूप प्रदान गरेका छन्। हालसम्म १६८० कन्याका ‘धर्मपिता’ बनेको दाबी गरिएको छ।

सामूहिक विवाहअन्तर्गत विवाहपूर्व कलश यात्रा, मंगल प्रवेश, मेहन्दी तथा हल्दी समारोह सम्पन्न गरिएको थियो। त्यसपछि बरात स्वागत, जयमाला, हवन, सप्तपदी (फेरा) र कन्यादानजस्ता वैदिक विधिहरू विधिवत् सम्पन्न गरिएको आयोजकले जनाएको छ। विवाहपछि नवविवाहित जोडीलाई आशीर्वादसहित विदाइ गरिनुका साथै सहभागी सबैका लागि विशाल भण्डारा आयोजना गरिएको थियो।

समारोहमा नौ देशका राजदूत, विभिन्न मुलुकका साधु–सन्त, कथावाचक, राजनीतिक नेतृत्व, कलाकार तथा हजारौँ भक्तजनको उपस्थिति रहेको जनाइएको छ।

बागेश्वर धाम सरकारको सामाजिक अभियानअन्तर्गत दानपेटीको रकमबाट गरिब कन्याको विवाह, भण्डारा, गुरुकुल सञ्चालन तथा क्यान्सर अस्पताल निर्माणजस्ता योजनाहरू अघि बढाइएका छन्। सन् २०२७ भित्र गरिब तथा असहायका लागि निःशुल्क उपचार हुने क्यान्सर अस्पताल निर्माण गर्ने योजना समेत सार्वजनिक गरिएको छ, जसलाई मन्दिर परिसरमै निर्माण हुने विश्वकै पहिलो अस्पताल हुने दाबी गरिएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...