
महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा आएका नागा बाबा र साधुसन्तलाई आज दान–दक्षिणासहित बिदाइ गरिने भएको छ। फाल्गुन कृष्ण एकादशीमा आएको परम्पराअनुसार गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले साधुसन्तलाई स्तरअनुसार दक्षिणा दिने तयारी गरेको छ।
यस वर्ष करिब चार हजार साधुसन्त नेपाल तथा विदेशबाट पशुपतिमा भेला भएका छन्। साधुसन्तलाई रु १०१ देखि रु ५ हजारसम्म दक्षिणा दिइने व्यवस्था छ। साथै, मन्दिरमा पाँच दिन र बाहिर चार दिन धुनी जाल्ने तयारी गरिएको छ।

महाशिवरात्रि पछि मन्दिर परिसरमा फोहरको समस्या देखिएको भए पनि कोषले सफाइ सुरु गरेको जनाएको छ। शिवरात्रिका लागि आगमन हुने भक्तजन र छात्रछात्राले नागा बाबा र साधुसन्तको दर्शन गर्दै आस्था प्रकट गरेका छन्।