७५औँ प्रजातन्त्र दिवस आज, देशभर सार्वजनिक बिदा

आज ७५औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ। विसं २००७ साल फागुन ७ गते महान् सहिदहरूको बलिदानीपूर्ण संघर्षका बलमा नेपालमा प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाउने परम्परा छ।

दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले निरङ्कुश जहानियाँ राणा शासनविरुद्ध हाँसी–हाँसी आफ्नो जीवन उत्सर्ग गरेका थिए। जनआन्दोलन र क्रान्तिको बलमा राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादुर्भाव भएको दिनका रूपमा २००७ फागुन ७ नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिन मानिन्छ।

प्रजातन्त्र दिवसका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। सरकारी तथा गैरसरकारी निकायहरूले विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइरहेका छन्।

मूल समारोह समितिको आयोजनामा आज बिहान काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुँदैछ, जहाँ रामचन्द्र पौडेलको सहभागिता रहनेछ।

दिवसको अवसरमा राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रको सुदृढीकरणका लागि विभिन्न आन्दोलनमा योगदान पु¥याउने सम्पूर्ण ज्ञात–अज्ञात सहिद तथा आन्दोलनकारीप्रति सम्मान व्यक्त गरेका छन्।

उहाँले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गरेका छन्। साथै, विसं २००७ को क्रान्ति नै निरङ्कुशताविरुद्धको बलिदानीपूर्ण संघर्षको परिणामस्वरूप मानवअधिकार र नागरिक स्वतन्त्रता स्थापित गर्ने ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै, लामो संघर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान निर्माणमा त्यस क्रान्तिको महत्त्वपूर्ण योगदान रहेको कुरा बिर्सन नहुने बताएका छन्।

जनताको सार्वभौमसत्ता जनतामै निहित हुनुपर्छ भन्ने मान्यतालाई सहिदहरूको बलिदान र जनसंघर्षले स्थापित गरेको दिनका रूपमा प्रजातन्त्र दिवस नेपालको इतिहासमा सधैंँ स्मरणीय रहने विश्वास राष्ट्रपतिले व्यक्त गरेका छन्।

छुटाउनुभयो कि ?

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

काठमाडौंको शोभा भगवती मन्दिरमाथिको डाँडामा अवस्थित बिजेश्वरी योगिनी मन्दिर धार्मिक आस्था, तान्त्रिक परम्परा र ऐतिहासिक महत्वका क...
जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

शोभा भगवती मन्दिर उपत्यकाको प्राचीन तथा प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ। वर्षभरि दर्शनार्थीको घुइँचो लाग्ने यस मन्दिरमा विशे...
सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सुर्खेत। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर...
अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

राजावादी आन्दोलनको घोषणा गरेपछि पक्राउ परेका दुर्गा प्रसाईं एक दिनमै रिहा भएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ...
दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

खलङ्गा (दार्चुला) — दार्चुलाको व्यास गाउँपालिका–२, काठादुम्लिङमा श्रमदानमार्फत निर्माण गरिएको ७२ मिटर लामो झोलुङ...
टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

काठमाडौं, टोखा। टोखा नगरपालिका–१० स्थित मनोहर माध्यमिक विद्यालय परिसरमा टोखा बक्सिङ क्लबको औपचारिक तथा भव्य उद्घाटन कार्यक्रम ...
बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

काठमाडौं। सवारी नियम उल्लंघन गर्दै बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट...
सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

काठमाडौं। आफ्ना मागको सम्बोधनका लागि सिंहदरबार घेराउ गर्न माइतीघरबाट अघि बढेका दृष्टिविहीन प्रदर्शनकारीलाई प्रहरीले बीचबाटोमै ...