माओवादी उम्मेदवार राजु हरिजनमाथि हातपात प्रकरण: थप तीन जना पक्राउ

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) — निर्वाचन प्रचारप्रसारका क्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का उम्मेदवार राजु हरिजनमाथि दुर्व्यवहार तथा हातपात गरेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का अनुसार फागुन ५ गते साँझ बर्दघाट नगरपालिका–१२ जमुनियामा चुनावी अभियानमा रहेका बेला अपरिचित व्यक्तिहरूको समूहले हरिजनमाथि हातपात गरी फरार भएको थियो। प्रारम्भिक सूचना तथा खोजी अभियानका आधारमा इलाका प्रहरी कार्यालय बर्दघाट र अस्थायी प्रहरी पोस्ट भटौलियाको संयुक्त टोलीले अभियुक्तहरूलाई उनीहरूकै घरबाट नियन्त्रणमा लिएको हो।

प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी वीर दत्त पन्तका अनुसार फागुन ६ गते राति करिब ११ बजे बर्दघाट नगरपालिका–१३ धनेवा निवासी २२ वर्षीय दिपिन थापा, १९ वर्षीय आयुष राना मगर र १८ वर्षीय राज वि.सी. (राम मिजार) लाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार उम्मेदवारमाथि अभद्र व्यवहार गरी फरार रहेका उनीहरू लुकिछिपी बसेको अवस्थामा फेला परेका थिए। पक्राउ परेका तीनै जनालाई हाल इलाका प्रहरी कार्यालय बर्दघाटको हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको छ।

यसअघि सोही घटनामा संलग्न रहेको आरोपमा बर्दघाट–१३ धनेवाका ३१ वर्षीय अजय गौतमलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। उम्मेदवार हरिजनले आफूहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता भन्दै मादक पदार्थ सेवन गरेका १०–१२ जना युवाहरूको समूहले आक्रमण गरेको आरोप लगाएका छन्।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...