रवि लामिछानेद्वारा रास्वपा र पुराना दलप्रति प्रतिक्रिया

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमालेको झण्डा जलाउने घटना भए कारवाही गरिने स्पष्ट पारेका छन्। उनले भने, “रास्वपाका कार्यकर्ताले एमालेको झण्डा जलाए कारबाही हुनेछ। तर यदि कसैले घुसपैठ गरेर विवाद उत्पन्न गर्ने प्रयास गर्‍यो भने होसियार रहनुहोस्। रास्वपाले गरेको भए कारवाही हुन्छ, तर नभएर अन्यायपूर्ण प्रचार भए त्यसलाई बेवास्ता गर्नु ठीक हुन्छ।”

सभामा उनले आफ्ना केही समर्थकहरूले गाली गरेको सुनेको उल्लेख गर्दै भने, “रास्वपाले सबैलाई जन्माएको होइन। यहाँका समर्थकहरू काम गर्न नसकेपछि रास्वपा बनाएका हुन्। रास्वपा तीन वर्षको पार्टी हो, यहाँ ३ वर्षको बच्चा त छैनन्, सबैजना जवान समर्थक हुन्।”

लामिछानेले चोकचोकमा उभिएर आरोप लगाउनेहरूलाई जवाफ दिन नचाहेको पनि बताए। उनले भने, “मलाई आरोप लगाउनेहरूले धेरै आरोप लगाएका छन्। म तिनलाई उठेर जवाफ फर्काउँदिनँ। ती योजनाकारहरू हुन् जो म जित्ने उद्देश्यले त्यहाँ बसेका छन्। मध्यरातमा प्रहरीले मेरो बेडरुममा अन्तिम इच्छा सोध्न पठाएको थियो। जवाफ दिने यो पटक मतपत्रमा हुनेछ।”

पुराना दलहरूलाई लक्षित गर्दै उनले भने, “तपाईंहरूको संगठन छ भने सडकबाट प्रतिपक्षको भूमिका निर्वाह गर्नुहोस्। एक ठाउँमा पनि मत नजितोस्। तपाईंहरूले आफ्नो सङ्गठनको शक्ति सडकबाट देखाउनुस्। हामी काम गर्छौँ, तपाईंहरू खबरदारी गर्नुहोस्, हामी हेर्छौँ।”

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...