काठमाडौँका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति अवरुद्ध हुने

काठमाडौँ — नेपाल विद्युत प्राधिकरण अन्तर्गत बानेश्वर वितरण केन्द्रका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति अस्थायी रूपमा बन्द हुने भएको छ।

सिनामङ्गल चोक तथा तिलगङ्गा आँखा अस्पताल अगाडि रहेको ११ मिटर अग्लो हाई–टेन्सन पोल ढल्किएपछि त्यसको व्यवस्थापन तथा मर्मतका लागि ११ केभी लाइन सटडाउन गर्न लागिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार बिहान ११:०० देखि १२:३० बजेसम्म बत्तिसपुतली एयरपोर्ट डेडिकेटेड फिडर (चाबहिल सबस्टेशन) अन्तर्गत पर्ने तिलगङ्गा, प्रकाश सन्यास आश्रम, शम्भुमार्ग, गौशाला तथा एयरपोर्ट आसपासका क्षेत्रहरूमा विद्युत आपूर्ति बन्द रहनेछ।

त्यस्तै, दिउँसो १:०० देखि २:३० बजेसम्म न्यु एयरपोर्ट फिडर (बानेश्वर सबस्टेशन) अन्तर्गत पर्ने तीनकुने, गैरीगाउँ, सिनामङ्गल र एयरपोर्ट क्षेत्रहरूमा विद्युत अवरुद्ध हुने सूचनामा उल्लेख छ।

बानेश्वर वितरण केन्द्रका प्रमुख मधुसुदन यादवका अनुसार मर्मत कार्य निर्धारित समयअघि सम्पन्न भएमा विद्युत आपूर्ति समयअगावै पुनः सञ्चालन गरिनेछ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...